अभियानका सदस्यलाई हपिंक, फिनेल र झोल साबुन बनाउने तालिम

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, ८ असार । आफनो समूहमा आबद्ध सदस्यहरुलाई स्वरोजगार बनाउने उदेश्य सहित पोखरा महानगरपालिका वडा नम्बर १ लामपाटन मार्गस्थित अभियान महिला समुहले हपिंक, फिनेल र झोल साबुन बनाउने तालिम संचालन गरेको छ ।
सिप सिकै र आत्मनिर्भर बनौ भन्ने उदेश्य सहित पोखरा महानगरपालिका वडा नम्बर १ कार्यालयको सहयोगमा आईतबारदेखि दुई दिने तालिम संचालन गरिएको हो । तालिममा सहभागीहरुलाई लक्ष्मी पौडेलले सहजीकरण गर्नुभएको छ ।

तालिमको पोखरा १ का वडा अध्यक्ष सहारा प्रधानले उद्घाटन गदै तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न आग्रह गर्नुभएको थियो । वडामा यो नयाँ तालिम रहेकाले तालिम पछि समुहमा आवद्ध सदस्यहरुले हपिंक, फिनेल र झोल साबुन उत्पादन गरि ब्यवसायी सगै आत्मनिर्भर बन्न आग्रह गर्नुभएको थियो ।

तालिममा समुहमा आवद्ध ४० जना सदस्यहरुको सहभागिता रहेको समुहकी अध्यक्ष सरस्वती रिमालले जानकारी दिनुभयो । तालिम पछि सिकेका कुराहरु व्यवहारमा उत्तार्ने गरि आफुहरुले काम गर्ने रिमालले बताउनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला