
पोखरा । साहित्य सम्राट देशभक्त सिंह कुँवर द्वारा लिखित फरक शैलीमा लेखिएको कविता संग्रह ‘बौलाहा’ कृतिको शनिबार पोखरामा एक समारोहका बिच लोकार्पण भएको छ ।
प्रमुख अतिथि गण्डकी प्रज्ञा प्रतिष्ठान पोखराका संस्थापक कुलपति सुर्य खड्का बिखर्चीले साहित्य सम्राट देशभक्त सिंह ले रचेका कविताहरु पछिसम्म पनि अमर रहने बताउनुभएको थियो ।
कार्यक्रमका मुख्य आकर्षक ब्यक्तित्व एवम् बौलाहा कृतीका लेखक साहित्य सम्राट देशभक्त सिंह कुँवरले समाजमा राम्रो कर्म गर्न खोज्ने अरु भन्दा भिन्न हुन खोज्ने समाजको परिवर्तनमा लाग्ने मान्छेलाई असामाजिक मान्छेहरुले नरूचाउने र बौलाहाको संज्ञा दिने बताउनुभयो ।
आयोजकको तर्फबाट कार्यक्रमको समापन साहित्य सम्राट देशभक्त सिंह कुँवर सृजनशील समाजका अध्यक्ष कृष्ण बहादुर क्षेत्रीले गर्नुभएको थियो भने स्वागत मन्तव्य प्रा डा यमबहादुर पौडेल क्षेत्रीले र कार्यक्रमको संचालन तिर्सना लक्ष्मी गुरुङ र देबेन्द्र शाही ठकुरीले गर्नुभएको थियो ।
कार्यक्रमका अग्रज शिक्षाविद् क्षेत्र बहादुर कुँवर, प्रा. डा. कृष्ण बहादुर के.सि, समाजसेवी बिश्वमोहन गौचनलगाएतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
उक्त कार्यक्रममा बिद्या भण्डारी गौरी, सुर्य खड्का बिखर्ची, साहित्य सम्राट देशभक्तलाई सम्मान गरिएको थियो भने क्षेत्र बहादुर कुँवर रामदेवि कुँवर ,सपना कुँवर, दिपेन्द्र शाही,बिष्णुमाया कुमाल,दिपक सारु मगर,प्रशान्त आचार्य , जिवन सापकोटा , बिश्वमोहन गौचन , प्रा. डा. कृष्ण बहादुर के सि , दृष्टिन सिँह कुँवर, प्रा डा यमबहादुर पौडेल क्षेत्रि लगायतलाई सत्कारपत्र,कदरपत्र र प्रशंसा पत्र अन्यलाई मायाको चिनो प्रदान गरिएको थियो ।