हाइकिङको ५९ औं श्रृङ्खला मकानपुरमा

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ मा कार्यालय रहेको हाइकर्स क्लब नेपालले हरेक महिनाको अन्तिम शनिबार हाइकिङ (एक दिने पदयात्रा) कार्यक्रम संचालन गर्दै आएको छ ।
गत शनिबार जेठ महिनाको अन्तिम शनिबार पनि क्लबको आयोजनामा हाइकिङ भाग ५९ पोखरा महानगरपालिका वडा नं. २३, मकानपुर गाउँमा पुगेर सम्पन्न भयो । घाँटीछिना देखि पैदल २ घण्टामा पुग्न सकिने सो हाइकिङमा ४५ जना सहभागि भएका थिए । फर्किदा वराङमा रहेको मनोक्रान्ती आश्रमको अवलोकन पनि गरेको थियो ।

स्वास्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने मुल नाराका साथ हुने हाइकिङमा ८/९ वर्षका हिड्न सक्नेदेखि ७६ वर्षसम्मका सहभागि हुन रुचाउँछन् । सहभागिले आफ्नो खर्च आफैले व्यहोर्नु पर्ने हुन्छ भने साना वालवालिकाहरुलाई अवस्था हेरी निशुल्क गरिदै आएको सो दिनको हाइकिङ संयोजक तथा क्लबकी कोषाध्यक्ष टिका आचार्य सुवेदीले वताउनुभयो ।
विद्यार्थी, व्यापारी, गृहणी सबै जना महिनामा एक दिन आफुलाई निकाल्नु पर्छ भन्ने भावनाले पनि हाइकिङ कार्यक्रम ६ वर्ष देखि निरन्तर संचालित छ भने दिनप्रतिदिन सहभागिहरु वढ्दै गइरहेको क्लबका अध्यक्ष कृष्ण रानाभाटले वताउनुभयो ।
अध्यक्ष रानाभाट दरबारथोक मिडिया प्रालिका संचालक अध्यक्ष समेत हुनुहुन्छ ।

हाइकिङमा अहिलेसम्म हजारौं सहभागि भइ सकेका छन् भने स्याङ्जा, तनहुँ र कास्कीका गाउँपालिका, नगरपालिका, महानगरपालिका का विभिन्न वडाहरुमा गई त्यहाँको पर्यटकीय स्थलहरुको प्रचारप्रसारमा टेवा पु¥याउँदै आएको छ ।
यस कार्यक्रमले पोखरा भ्रमण वर्ष २०२५ लाई सहयोग गर्नुका साथै पर्यटनको राजधानी पोखरालाई आफ्नै तरिकाबाट प्रचारप्रसार गरेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला