पोखरामा शहरी योजना, उपकरण र प्रविधिहरू विषयक ४ दिवसीय तालिम सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । नगर विकास कोषको सहयोगमा तथा नेपाल इन्जिनियर्स एसोसिएसन गण्डकी प्रदेशको समन्वयमा आयोजित ‘योजना, उपकरण र प्रविधिहरू’  (Urban Planning: Tools and Techniques) विषयक चार दिवसीय तालिम पोखरामा सफलतापूर्वक सम्पन्न भएको छ ।
प्रमुख अतिथि नेपाल इन्जिनियर्स एसोसिएसन केन्द्रीय समितिका उपसभापति इन्जिनियर प्रकाश केसीले सहरीकरणको सन्दर्भमा व्यवस्थित बस्ती विकास, प्रविधिको प्रभावकारी उपयोग र नीति निर्माणमा इन्जिनियरहरूको भूमिकाबारे बताउनुभयो । उहाँले हालै नेपाल इन्जिनियर्स एसोसिएसनले नेपाल इन्भेष्टमेन्ट बैंकसँग गरिएको बिना धितो १५ लाख रुपैयाँसम्मको ऋण सुविधा तथा मेडिसिटी अस्पतालसँग गरिएको सहकार्यबारे समेत सहभागीहरूलाई जानकारी गराउनुभयो ।

कार्यक्रमका अध्यक्ष सन्तोष जिसीले गण्डकी प्रदेशमा नियमित रूपमा तालिम तथा क्षमता अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन भइरहेको जानकारी गराउँदै आउँदो साउन ३ गते मनाइने नेपाल इन्जिनियर दिवसको अवसरमा एक हप्ते विशेष कार्यक्रम आयोजना गरिने घोषणा गर्नुभयो ।

कार्यक्रममा केन्द्रीय कोषाध्यक्ष सुमन थापा , केन्द्रीय सदस्यहरू इन्जिनियर प्रभुराम पोखरेल, अवित केसी, एमेन्द्र गुरुङ, पूर्व गण्डकी प्रदेश अध्यक्षहरू रमेश बास्तोला र विजेन्द्र केसी, पूर्व केन्द्रीय सदस्य रविन्द्रलाल मूल, नेपाल भ्यालुएस एसोसिएसन कास्कीका सचिव हरि अधिकारी, नेपाल इन्जिनियर्स एसोसिएसन गण्डकी प्रदेशका उपसभापति इन्जिनियर विशाल थापा, प्रदेश कोषाध्यक्ष विश्वास आचार्य तथा सदस्यहरू इन्जिनियर महेन्द्र पौडेल, इन्जिनियर मनोज गिरी, इन्जिनियर संजयराज तिम्सिना, इन्जिनियर रोचक क्षेत्री, र इन्जिनियर सक्षम अधिकारीको उपस्थिति रहेको थियो ।

जेठ २८ देखि ३१ गतेसम्म सञ्चालन भएको तालिममा ४० जना भन्दा बढी सहभागीहरू रहेका थिए ।
सहभागीहरुको तर्फबाट सन्देश पराजुली र प्रतीक्षा पाठकले तालिम अनुभव साझा गर्दै शहरी योजना तथा बस्ती विकासका विषयमा व्यवहारिक र ज्ञानवर्धक प्रशिक्षण पाएको उल्लेख गरेका थिए ।

उपसभापति विशाल थापा र सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपालका अध्यक्ष विजेन्द्र केसीले कार्यक्रममा नेपाल इन्जिनियर्स एसोसिएसनले इन्जिनियरहरूको हकहितका लागि गर्दै आएको विविध क्रियाकलापबारे प्रकाश पार्नुभयो ।

कार्यक्रमको सञ्चालन इन्जिनियर निरज लामिछानेले गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला