कला क्रान्ति वर्ष कार्टुनिष्ट २०८१ घोषणा

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, जेठ ३० । वि.सं २०६५ सालमा अहिलेको युग ललितकला डायमण्ड युग बनाउने उद्देश्यका साथ २०८१ सालको कला क्रान्ति बर्ष ब्यक्ति, कला क्रान्ति बर्ष पुरुष, कला क्रान्ति बर्ष नारी, कला क्रान्ति वर्ष मूर्तिकार,कला क्रान्ति वर्ष काटुनिष्ट र समीक्षक घोषणा गरेका छौ ।
नेपाल र नेपालीको गौरब र श्रीवृद्धिमा २०८१ सालमा ललितकला क्षेत्रको माध्यमबाट योगदान दिने हजारौ ललितकलाकर्मीहरुबाट पाठक, पत्रकार र प्राज्ञिक व्यक्तित्वहरुबाट सुझाब, सल्लाह र सिफारीसमा ८४ व्यक्तित्वहरु मनोनयनमा परेको सूचीबाट उत्कृष्ट ३ कला क्रान्ति बर्ष ब्यक्ति, पुरुष, नारी, मूर्तिकार, काटुनिष्ट, पत्रकार, लेखक, समिक्षक र बिद्यार्थीलाई पनि थप गरेर उत्कृष्ट तीन पाठकले छान्नुभएको छ ।
अन्तिम नतिजा ‘गुगल फारम’ मा आएका मत विश्लेषणका आधारमा प्रकाशित गरिएको छ । आमपाठकलाई जेठ १५ गते सम्म मत दिने समय रहेको थियो ।

कला क्रान्ति वर्ष कार्टुनिष्ट २०८१

नेपाल र नेपालीको गौरब र श्रीवृद्धिको लागि २०८१ सालमा कार्टुन क्षेत्रमा सकरात्मक आशा जगाउने, रचनात्मक कार्यक्रम मार्फत आफ्नो सक्रिय भूमिका स्थापित गरेका ९ पात्रहरू बाट ‘गुगल फारम’ मा आएका मत विश्लेषणका आधारमा उत्कृष्ट ३ कला क्रान्ति बर्ष कार्टुनिष्टहरु बाशु क्षितिज, राजेश मानन्धर र अनुप गुरुङ भएका छन् ।

मनोनयनमा भएका ९ कलाकारमा अनुप गुरुङ, बासु क्षितिज, रविन सायमी, रवि मिश्र, राजेश मानन्धर, योगेश खपाङ्गी, महेश बस्ताकोटी, रवीन्द्र मानन्धर, नविन नल्वो रहेका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला