झोला बनाउने तालिम समापन

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, जेठ ३० । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजना र विधाता हस्तकला को प्राविधिक सहकार्यमा झोला बनाउने सिपमूलक तथा आयमूलक पन्ध्र दिवसीय तालिम विहिबार सम्मन्न भएको छ ।
महिलाहरुलाई सिप सगँ जोडि आयआर्जनमा सहयोग पुर्याउने र पलाष्टिक जन्य बस्तुलाई न्युनिकरण गर्ने उदेश्य ले कार्यक्रमको आयोजना गरिएको वडा कार्यलयले जनाएको छ ।

“झोला प्रकार तथा आय मूलक” कार्यक्रम अन्तरगत भएको तालिममा जनजाति, अल्पसंख्यक उत्पीडित, मुस्लिम, दलित र निम्न आय भएका बेरोजगार तथा गृहिणीलाई लक्षित पोखरा महानगर पालिका वडा नं ६ द्धारा विनियोजित रकम बाट कार्यक्रमको आयोजना गरिएको थियो ।
प्रशिक्षक सबिता श्रेष्ठ, धनमाया रोका र इन्द्रकुमारी पुनले दिएको प्रशिक्षणमा महिला र पुरुष गरि २१ जना सहभागि थिए ।
तालिममा सपिङ ब्याग, जोगि ब्याग, ह्यान्ड ब्याग , पेन्सील बक्स, मेकप बक्स, जेब्रा ब्याग र भाइरल ब्याग गरि आठ थरिका ब्यागहरु बनाउन सिकाइएको संयोजक तथा वडा सदस्य शोभा जलारीले जानकारी दिनुभयो ।
समापन कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सांसद सरस्वति गुरुङले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्नुभयो । उहाँले तालिमबाट सिकेको ज्ञानबाट लाभ लिन सकेमात्र तालिमको औचित्ययता पूरा हुने भएको बताउँदै,े तालिमले बेरोजगारी समस्या न्यूनीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रम संयोजक तथा वडा सदस्य शोभा जलारीले जीवन भनेको सिकाई र भोगाई भएको बताउँदै काम सिक्नले कमाउने बताउनुभयो । आर्थिक उर्पाजनका लागि जीवनकाल उत्तराद्र्धसम्म पनि सिक्न र सिकाउन छोड्न नहुने उहाँको भनाइ छ ।
पोखरा ६ का वडा सदस्य बासु बरालले तालिममा सिकेको सिपबाट लाभ लिन सकेमात्रै तालिमको औचित्य पुरा हुने बताए साथै सिकाइलाई प्रभावकारी बनाउन जोड दिनुभयो ।
कार्यक्रममा पोखरा महानगर पालिका वडा नं ६ की नायक सुब्वा सरस्वति अधिकारी , खरदार अनिता गुरुङ, सुचना अधिकारी बसन्ती श्रेष्ठ, महिला सञ्जाल बैदामकी अध्यक्ष बविता मल्ल, कृर्षि सञ्जाल बैदाम की अध्यक्ष वृन्दा धरेल, सामुदायिक प्रहरी सेवा केन्द्र बैदामकमा अध्यक्ष ठाकुर बराल, नेवा मिस पुच बैदामकी अध्यक्ष इन्द्र श्रेष्ठ, देवीस्थान भलछोपुवा आमा समुहकी अध्यक्ष विष्णु माया नेपाली, तालबाराही आमा समुहकी अध्यक्ष काली परियार, जलारी दिदी बहिनी समुहकी अध्यक्ष मिना जलारी, नवोदित आमा समुहकी अध्यक्ष लिला सुनार, फेवा एकता दिदिबहिनी समुह अध्यक्ष यसोदा र पोखरा महानगर पालिका वडा नं ३ का वडा सदस्य सवि परियार लगाएतले आफ्ना भनाइ राखेका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला