आर्वा विजय माबिमा कानुनी प्रशिक्षण तथा अन्तरक्रिया

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरा महानगरपालिका वडा नं १३ ढाँडबेसीमा अबस्थित आर्वा विजय माविको आयोजना, पो.म.न.पा. न्यायिक समितिको आर्थिक सहयोग र पोखरा १३ वडा कार्यालयको समन्वयमा विद्यार्र्र्थीसंग न्यायिक समिति कानुनी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भयो ।

पोखरा महानगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिति संयोजक मन्जुदेबी गुरुङको प्रमुख आतिथ्यतामा संचालित उक्त कार्यक्रममा पो.म.न.पा. न्यायिक समिति सदस्यहरु कालिदास पोख्रेल र रजनी परियारले कानुनी प्रशिक्षण दिनुभएको थियो ।

उक्त कार्यक्रममा आर्वा विजय माविका सम्पुर्ण विद्यार्थीहरु, वि.व्य.स.का पदाधिकारीहरु, शिक्षक अभिभावक संघका पदाघिकारीहरु र सम्पुर्ण शिक्षक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवसागर बरालको अध्यक्षता भएको कार्यक्रमको संचालन प्रधानाध्यापक पद्मादेवी बरालले गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला