पिपलटार ऋषिङको स्वास्थ शिबिरमा १ सय ५० जनालाई सेवा

नगेन न्यूज
  • ख-
  • ख+

तनहुँ । तनहुँ जिल्लाको ऋषिङ गाउपालिका वडा नं. ५, पिपलटारमा रहेको पिपलटार युवा क्लबको आयेजना, रिभान फार्मेसी र कन्सेप्ट मेडि कन्सर्न प्रा.लि. सहकार्यमा शनिबार निशुल्क स्वास्थ शिबिर मा १५० भन्दा वढि सेवाग्राहीले सेवा लिएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि निवर्तमान संघीय सांसद केदार सिग्देलले कार्यक्रमको उद्घाटन गर्दै ग्रामीण बस्तीहरुमा विशेषज्ञ डाक्टर आएर सेवा दिनु पुण्यको काम भएको बताउँदै युवा जागरुक भइ समाजसेवामा पनि लाग्नु राम्रो कार्य भएको बताउनुभयो ।

घिरिङ गाउँपालिका अध्यक्ष होमबहादुर थापा, ऋषिङ गाउपालिका कार्यपालिका सदस्य बिजय दरै, जय दुर्गा माध्यामिक विद्यालयका प्रधानाध्यापक कुलबहादुर दरै लगाएतले क्लबले अत्यन्तै अनुकरणीय कार्य गरेको बताउनुभयो ।
क्लबका अध्यक्ष अनिल पाटा मगरले सहयोगी संघ संस्था तथा ब्यक्तिहरुलाई धन्यवाद दिदै आगामी दिनहरुमा पनि हातेमालो गर्दै सामाजिक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

कालीगण्डकी नदि किनार रहेको पिपलटारमा आयोजना गरिएको शिबिरमा ऋषिङका दरै गाउँ, पिपलटार, रुपटार र घिरिङका उम्से, करुवाटार, जितपुर लगाएतका स्थानका सेवा ग्राहीले लाभ लिएका थिए ।
सो अवसरमा दाँत, मेडिकल, जनरल हाडजोर्नी, नसा सम्बन्धि रोग परिक्षण गर्नुका साथै निशुल्क औषधि बितरण गरिएको थियो ।
कार्यक्रममा कन्सेप्ट मेडिको फर्मा प्रालिका मनोज सुवेदी लगाएत मेडिकल डाक्टरहरु, महिला स्वास्थ स्वयंसेवीकाहरु शुशिला गिरी, सोमकुमारी थापा, बिमला आले र दरबारथोक मिडिया प्रालिका अध्यक्ष कृष्ण रानाभाटलाई सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।
क्लबका अध्यक्ष अनिल पाटा मगरको अध्यक्षतामा भएको कार्यक्रमको संचालन यमबहादुर पाटामगरले गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला