एन प्याब्सनको अंग्रेजी भाषा ज्ञान प्रतियोगितामा हिल साइड प्रथम

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । नेशनल प्याब्सन कास्कीको आयोजनमा शुक्रबार अंग्रेजी भाषा ज्ञान प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा हिल साइड इङ्लिस सेकेण्डरी स्कुल प्रथम, कास्की मोडर्नाइज्ड एकेडेमी द्धितीय, नेशनल क्रियशन एकेडेमी तृतीय, लाविन रेसिडेन्सियल स्कुल सान्त्वना, अक्सफोर्ड पाँचौ र ओएसिस सेकेण्डरी स्कुल छैटौ भएका छन् । विजयी विद्यालय र विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो ।

एन प्याव्सनको वार्षिक कार्यतालिका अनुसार विद्यार्थीका अन्तर निहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रतियोगितामा एन प्याव्सनमा आवद्ध कक्षा १ देखि ५ सम्मका ३३ विद्यालयको सहभागिता रहेको कार्यक्रम संयोजक हेमबहादुर रानाभाटले जानकारी दिनुभयो । प्रतियोगिताको निर्णायकमा शशिधर बराल र टंकराज बराल रहेका छन् ।

प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगर पालिका शिक्षा महाशाखाका निर्देशक हेम प्रसाद आचार्यले एन प्याव्सनले गरेको हरेक गतिविधि उत्कृष्ट रहेको बताउनुभयो ।

‘एन प्याव्सन कास्कील गर्ने हरेक गतिविधिलाई नजिकबाट निहाल्ने अवसर पाएको छु’ आचार्यले भन्नुभयो, ‘विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने कार्यक्रममा एन प्याव्सनले खेलेको भूमिका अतुलनिय रहेको छ ।’

एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीका अनुसार एन प्याव्सनमा आवद्ध कक्षा नर्सरी देखि कक्षा १२ सम्ममा अध्यापन गराउने शिक्षकहरुलाई तालिम दिने कार्यक्रम अन्र्तगत शनिबार आधारभूत तहको कक्षा १ देखि ५ सम्ममा विज्ञान र सामाजिक विषयमा अध्यापन गर्ने शिक्षकहरुलाई तालिम दिइएको थियो ।

एन प्याव्सन कास्कीले विविध कार्यक्रम सहित एक वर्ष खेलकुद र एक वर्ष शैक्षिक महोत्सव कार्यक्रम गर्दै आएकोमा यस वर्ष भने मंसिर महिनामा वृहत वाल प्रतिभा पहिचान कार्यक्रम गर्ने भएको छ ।

वृहत वाल प्रतिभा पहिचान कार्यक्रम अन्र्तगत सामूहिक लोक नृत्य प्रतियोगिता, एकल गायन, चित्रकला, कविता वाचन, अभियन, आविश्कार, हस्तकाल (पात चुया र पराल वा छ्र्वाली) प्रतियोगिता रहेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । यस वर्ष क्रिकेट प्रतियोगितालाई पनि समावेश गरिएको छ ।

एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मनकाजी गुरुङले स्वागत र सचिव प्रेमराज अधिकारीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला