केन्द्रीय चलचित्र जाँच समितिको सदस्यमा गिरी र मैनाली नियुक्त

नगेन न्यूज
  • ख-
  • ख+

काठमाण्डौं । संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) मा संचारकर्मी कुवेर गिरी र फिल्मकर्मी भगवतीकुमारी मैनाली (भीमा) लाई नियुक्त गर्नुभएको छ ।
लामो समयदेखि रिक्त रहेको केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले गिरी र मैनालीलाई सदस्यमा नियुक्त गरेसँगै बोर्डले पूर्णता पाएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट बुधबार उहाँहरूलाई नियुक्त गरिएको हो । यसअघि नै चलचित्रकर्मी सम्पन्न श्रेष्ठ बोर्ड सदस्यमा नियुक्त भइसक्नुभएको थियो ।

गिरी चलचित्र पत्रकारितामा २० वर्षदेखि सक्रिय हुनुहुन्छ र नेपाल टेलिभिजनका लागि कार्यक्रम निर्माण र निर्देशन गर्नुभएको छ । गिरी चलचित्र पत्रकार संघका केन्द्रीय उपाध्यक्ष पनि हुनुहुन्छ ।

कलाकार, लेखक र निर्देशक मैनालीले चलचित्र ‘खेल’ र टिभी सिरियल ‘सक्किगो नि’ मा काम गर्नुभएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला