खानेपानी टंकी निर्माण सहमति पत्र आदान प्रदान

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, जेठ २१ । लायन्स क्लब पोखरा अन्नपूर्ण द्धारा बिभिन्न ८ वटा क्लबलाई लायन बर्ष २०२५ /२०२६ बिभिन्न बिद्यालयमा खानेपानी टंकी निर्माणको लागि सहमति पत्र हस्तातरण गर्ने काम सम्पन्न भयो ।
उक्त पत्रमा लायन्स क्लब पोखरा अन्नपूर्णका अध्यक्ष गणेश छबिले लायन्स क्लब पोखरा हेमजा, लायन्स क्लब पोखरा समृद्धि, लायन्स क्लब फिष्टेल सिटी, लायन्स क्लब पोखरा गण्डकी, लायन्स क्लब पोखरा अन्नपूर्ण नाइस, लायन्स क्लब पोखरा गण्डकी यूथ, लायन्स क्लब पोखरा अन्नपूर्ण र लियो क्लब पोखरा अन्नपूर्णका अध्यक्षहरुलाई सहमति पत्र प्रदान गर्नुभयो ।

सो अवसरमा परियोजना निर्देशक सोनाम साङपोले सन २०१७ देखि संचालन थालनी भएको यो कार्यक्रम आज सम्म पोखरा वरिपरि ४८ वटा बिद्यालयमा यो परियोजना सम्पन्न भई सकेको आजको परियोजना अन्नपूर्ण गाउँ पालिका देखि मादी गाउँ पालिकाका बिद्यालयलाई समेटेको बताउनुभयो ।
प्रत्येक बिद्यालयलाई दुई लाखको दरले प्रदान गरिने उक्त रकम बेलायतमा अध्ययन गर्ने साना साना बिद्यार्थीहरुले खाजाको रकम कटाएर दिएको बताउनु भयो ।

सो अवसरमा लायन्स क्लब पोखरा हेमजा का अध्यक्ष दुर्गा प्रसाद पौडेल, लायन्स क्लब पोखरा समृद्धिका अध्यक्ष सन्ध्या लिगल बानिया चण्डीका आधारभूत बिद्यालयका प्रधानाध्यापक देवी कुमारी गुरुङ ले बिद्यालयलाई शुद्ध खानेपानी टंकी निर्माणको लागि सहयोग गरेकोमा धन्यबाद दिनुभयो ।
उक्त परियोजनाको पहिलो खानेपानी टंकी अन्नपूर्ण गाउँ पालिका वडा नं २ स्थित माछापुच्छे उच्च मा.बि. नाउँडाडामा जुलाई २ मा शिलान्यास गरिने लायन्स क्लब पोखरा अन्नपूर्ण का अध्यक्ष गणेश छबिले बताउनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला