
पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम बुधबार प्रदेश सभामा प्रस्तुत गरेको छ ।
आज दिउँसो बसेको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख डिल्लीराज भट्टले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
प्रदेश प्रमुख भट्टले आज प्रदेश सभामा आर्थिक वर्ष २०८२/८३ का लागि निति तथा कार्यक्रम प्रस्तुत गर्दै मुस्ताङमा हाई अल्टिच्यूड खेल मैदान बनाउने तर उक्त खेल मैदान संघ सरकारको सहयोगमा हुने जनाउनुभएको छ ।
मुस्ताङको वारागुङ, मुक्तिक्षेत्रमा निर्माण गरिने भनिएको सो खेल मैदानका लागि संघ सरकारले बजेट विनियोजन गरिसकेको छ ।
प्रदेश प्रमुख भट्टले पोखरा रंगशालाको स्तरोन्नती गरिनेपनि नीति तथा कार्यक्रममा उल्लेख गर्दै तर त्यसका लागिपनि संघ सरकारसँगै समन्वय गरिने बताउनुभयो । उहाँले गण्डकी प्रदेशमा क्रिकेट खेल मैदान निर्माण कार्य अघि बढाईनेपनि उल्लेख गर्नुभएको छ ।
नीति तथा कार्यक्रम संसद्बाट पारित भएपछि असार १ मा प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउनेछ ।
file:///C:/Users/Admin/Downloads/Niti-Tatha-Karyakram-Book.pdf