
पोखरा । वाई सर्भिस क्लब अफ पोखराको आयोजना तथा ग्लोबल आइ एमई बैंकको सहकार्यमा सोमबार विद्यार्थीहरुलाई बैकिङ साक्षरता प्रशिक्षण सम्पन्न भयो ।
अन्तराष्ट्रिय सामाजिक संस्था वाईज मेन इन्टरनेशनल अन्तरगत रहेको क्लबले स्थापनाकालदेखि शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा काम गरिरहेको कार्यक्रमका प्रमुख अतिथि वाइज मेन इन्टरनेशनल नेपाल डिस्ट्रीक्टका गभर्नर अरुण रानाभाटले वताउनुभयो ।
पोखरा ६ स्थित गण्डकी एकेडेमी कास्कीका कक्षा ९ र १० का विद्यार्थीहरुलाई क्लबका सदस्य तथा ग्लोबल आइएमई बैंकका कर्मचारी सुजन तिवारीले मोवाईल बैंकिङ तथा बैंकको महत्वको बारेमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा दक्षिण पुर्व एशिया क्षेत्रका सर्भिस डाइरेक्टर कृष्ण रानाभाट, निवर्तमान अध्यक्ष पुनम गुरुङ, ग्लोबल आइएमई बुद्धचोक शाखा प्रमुख, पूर्णिमा आले लगाएतको उपस्थिति रहेको थियो ।
क्लबका अध्यक्ष प्रेम सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव विशाल बरालले संचालन गर्नुभएको थियो ।