गण्डकी प्रदेश दीर्घकालिन पुर्नस्थापना केन्द्रको उद्घाटन

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । गण्डकी प्रदेश सरकार अन्तर्गत सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय मातहतको दीर्घकालिन पुर्नस्थापना केन्द्रको औपचारिक रूपमा उद्घाटन गरिएको छ । पोखरा ३३ पुष्पवस्तीमा रहेको उक्त पुर्नस्थापना केन्द्रको उद्घाटन गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नुभएको हो ।
मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले सामाजिक न्याय र मानविय मर्यादालाई उच्च प्राथमिकतामा राख्दै सेवा प्रवाहमा ध्यान केन्द्रित गरिरहेको बताउनुभयो । “यो केन्द्र गण्डकी प्रदेशको सामाजिक रुपान्तरणको अभियानमा कोशेढुङ्गा सावित हुनेछ ।”, उहाँले भन्नुभयो।

प्रदेश सरकारको ७०% र पोखरा महानगरको ३०% लगानीमा उक्त केन्द्र संचालन हुने भनाई उहाँको छ । “संचालनको स्पष्ट मोडालिटी नहुँदा अहिलेसम्म समस्या भएको थियो । अब त्यस्तो समस्या छैन । पुर्नस्थापना केन्द्र संचालनका लागि स्पष्ट कार्यविधि बनाइएको छ । सोहिअनुसार संचालन हुनेछ ।”, उहाँले भन्नुभयो ।
मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारले ८४ वटै पालिकामा न्यायिक सहजकर्ता पठाइसकेको उल्लेख गर्नुभयो । अब मनोसामाजिक परामर्शदाता पनि पालिकासँग सहकार्य गरेर पठाउने सुरुवात भएको उहाँको भनाई छ । आत्महत्या दर शून्यमा झार्ने लक्ष्य सहित प्रदेश सरकार लागि रहेको उहाँले बताउनुभयो । राज्यले अभिभावकत्व ग्रहण गर्दै पुनस्र्थापना कार्यक्रमलाई अगाडि बढाउने कुरामा विश्वस्त हुन उहाँको आग्रह छ ।

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले गण्डकी प्रदेश दीर्घकालिन पुर्नस्थापना केन्द्रको उद्घाटन आफ्नो कार्यकालको महत्वपूर्ण कार्य भएको बताउनुभयो । पुर्नस्थापना केन्द्र संचालनमा गण्डकी सरकारबाट कुुनै समस्या नरहने र बजेट व्यवस्थापन समेत त्यहिअनुरुप हुने उहाँले जानकारी गराउनुभयो । हिंसापिडित महिलाहरुलाई कम्तीमा ६ महिना र बढीमा २ वर्ष सम्म राख्ने व्यवस्था मिलाउने गरी पुर्नस्थापना केन्द्र संचालनमा आएको मन्त्री थापाले बताउनुभयो ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फण्डकै कारण योजनाहरू अलपत्र पर्नु नहुने बताउनुभयो । प्रदेश सरकारले नेतृत्व गर्ने गरी, महानगर र प्रदेश सरकार मिलेर भौतिक पूर्वाधारदेखि मनोपरामर्शसम्मको सेवामा सहकार्य गर्ने भनाई उहाँको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले एकद्वार प्रणालीबाट संचालन हुनेगरी सामूहिक प्रयासमा केन्द्र अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । प्रमुख सचिव शोभाकान्त पौडेलले दीर्घकालीन रूपमा स्थायी संस्था निर्माण गरी रिजल्ट दिने ढंगले अगाडि बढ्नुपर्ने औंल्याउनुभयो ।
कार्यक्रममा कोपिला नेपालकी विना सिलवालले घरपरिवार र समाजबाट समस्या भोगेका छोरीहरूको संरक्षण गृह हुनुपर्छ भन्ने उद्देश्यले आफुहरु लागेको र त्यसले सार्थकता पाएको बताउनुभयो । “संरचना तयार भए पनि कार्यान्वयन हुन नसक्नु दुःखद थियो । तर अब सरकार संवेदनशील बनेको आभाष भएको छ ।”, उहाँले भन्नुभयो ।
पुनस्र्थापना केन्द्र संचालनका लागि २०७५ सालमै पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारबीच समझदारी भए तापनि कार्यान्वयनमा ढिलाइ हुँदै आएको थियो । सामाजिक विकास मन्त्री विन्दुकुमार थापाको विशेष पहलमा उक्त केन्द्र अहिले संचालनमा आएको हो ।
केन्द्रको उद्घाटनसँगै अहिले घर–परिवार तथा समाजबाट समस्या भोगेका छोरीहरू, मानसिक स्वास्थ्य समस्या भोगिरहेका व्यक्ति तथा दुव्र्यसनमा फसेकाहरूको दीर्घकालीन पुनस्र्थापनाको थालनी हुने विश्वास गरिएको छ ।
कार्यक्रममा गण्डकी प्रदेश सरकारका सांसद भीम कार्की, रेखा गुरुङ, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव नवराज ढकाल, पोखरा ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारी लगायतले बोलेका थिए ।
समाजमा दीर्घकालीन पुनस्र्थापनाको आवश्यकता र यसको प्रभावकारितालाई मध्यनजर गर्दै उद्घाटन भएको यो केन्द्र गण्डकी प्रदेशका लागि मात्र नभई समग्र नेपालको पुनस्र्थापना र मानसिक स्वास्थ्य क्षेत्रमा एक महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला