१६ नंं. वडाका दलित युवालाई मार्केटिङ तालिम

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, १४ जेठ । पोखरा महानगर पालिका वडा नं. १६ ले त्यस वडाका दलित युवालाई लक्षित गरी डिजिटल मार्केटिङ तालिम शुरु गरेको छ ।

पछिल्लो प्रविधीलाई आत्मसाथ गर्दै शुरु गरिएको तालिममा त्यस वडाका दलित समुदायका करिव २७ जना युवा युवतीले सहभागिता जनाएको वडा सदस्य मञ्जु नेपालीले जानकारी दिनुभयो ।
पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा एक महिनासम्म संचालन हुने तालिमको बुधवार पोखरा १६ का पुर्व वडाध्यक्ष दानबहादुर वानियाँले शुभारम्भ गर्नुभयो । कार्यक्रममा बोल्दै वडाध्यक्ष वानियाँले युवा पुस्तालाई स्वरोजगार वनाउनका लागि डिजिटल मार्केटिङ उपयुक्त थलो रहेको बताउँदै, विकसित प्रविधीमा चासो राख्न सुझाव दिनुभयो ।

वडाध्यक्ष अमृत शर्मा तिमिल्सीनाले दक्ष युवा शक्ति रोजगारीका नाममा विदेशिनु गलत भएको बताउँदै, डिजिटल मार्केटिङले स्वरोजगारी सिर्जना गर्ने स्पष्ट पार्नुभयो ।
कार्यक्रममा वडा सदस्य राजकुमारी वानियाँ, रामचन्द्र आचार्य, हिमालय क्लवका अध्यक्ष मोहन वहादुर थापा, एकल महिला समुहका अध्यक्ष दुर्गा केसी थापा, नमुना क्लवका अध्यक्ष मिनवहादुर गुरुङ, परिवर्तन न्युजका पत्रकार प्रकाश अधिकारी, क्लाउड टेक आई टि सोलुसनका किरण रेग्मी लगायतले तालिम लिएर मात्र नभई सिकेका कुरा व्यवहारमा उर्तान सके मात्र सफल भईने बताएका थिए ।

वडाध्यक्ष अमृत शर्मा तिमिल्सीनाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन वडा सदस्य मञ्जु नेपालीले गर्नुभएको थियो । तालिममा सहभागी युवालाई क्लाउड टेक आई टि सोलुसनले सहजीकरण गर्ने बताईएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला