प्रेस युनियनको स्थापना दिवसमा कास्की शाखाद्धारा खाद्यान्न वितरण

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसरमा युनियन, कास्की शाखाले खाद्यान्न वितरण गरेको छ ।
प्रेस युनियन कास्की शाखाको आयोजनामा मंगलबार पोखरा १५ टुटुंगास्थित पोखरा आरोग्य आश्रममा रहेका कुष्टरोग प्रभावितलाई खाद्यान्न सहयोग गरिएको हो ।

कार्यक्रममा युनियन, कास्की अध्यक्ष वासुदेव मिश्र, गण्डकी प्रदेश अध्यक्ष टंक अधिकारीसँगै कार्यसमितिका पदाधिकारी र सदस्यले चामल, दाल, चिनी, नुन, चाउचाउ, बिस्कुट लगायत प्रदान गरे ।
कार्यक्रममा युनियन गण्डकी प्रदेश अध्यक्ष अधिकारीले श्रमजीवी पत्रकारको हकहितको रक्षार्थ नेपाल प्रेस युनियनले काम गर्दै आएको बताउनुभयो । पत्रकारको हकहित र पेशागत अधिकार रक्षाका लागि अन्य संघ, संस्थासँग सहकार्य गर्दै अघि बढ्ने उहाँको भनाइ छ ।

पोखरा आरोग्य आश्रमका अध्यक्ष सुवास तझ्याले पत्रकारिताको माध्यमबाट मुलुकको भलो गर्ने पत्रकारको संस्थाको स्थापना दिवसमा मनाइने कार्यक्रमले आगामी दिनमा अझ राम्रा कार्यक्रमका साथ अघि बढ्न प्रेरणा मिल्ने बताउनुभयो । आश्रमका बारेमा जानकारी दिँदै उहाँले पछिल्लो समय कुष्ट प्रभावितहरु बढ्दै गएको बताउनुभयो ।

प्रभावित बढिरहेको अवस्थामा सरकारले यसको रोकथाम र जनचेतनामा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । जनचेतनाका कारण पनि कुष्ट प्रभावितहरु खुल्न थालेकाले यसको संख्या बढेको उहाँले सुनाउनुभयो । आरोग्य आश्रममा केही समस्या भए पनि समस्यालाई चिर्दै आगामी दिनमा अझ राम्रो गतिविधि गर्दै जाने उहाँले जानकारी दिनुभयो ।

प्रेस युनियन कास्कीका अध्यक्ष वासुदेव मिश्रको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष ज्याति हमाल र सञ्चालन सचिव धनबहादुर गुरुङले सञ्चालन गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला