
भरतपुर । चितवनका अटोमोबाइल्स व्यबसायी यूवाहरू आन्तरिक पर्यटन प्रवद्र्धनको लागि बाइक राइडमा निस्कने भएका छन् ।
चैत १४ देखि १७ सम्म चार दिनका लागि चितवनको भरतपुरबाट यात्रा सुरु हुनेछ ।
रूकुम पूर्वको एक हजार वर्ष पूरानो टकसेरा गाउँलाई मुख्य गन्तव्य मानी ‘एक्स्प्लोरिङ रुकुम’ टाइटलका साथ यात्रा आयोजना गरिएको कार्यक्रम संयोजक अमृत जोशीले जानकारी दिनुभयो ।
यात्रा नारायणगढदेखि पोखरा, वाग्लुुङ हुँदै मध्य पहाडको आर्थिक मेरूदण्ड मानिएको मध्यपहाडी लोक मार्गलाई पछ्याउँदै घोडाबाने, गलकोट दरवार, बुर्तीवाङ बजार, पातिहाल्ने भन्ज्याङ, चौरीखर्क, महत गाउँ, रूकुमकोट, टकसेरा पुग्नेछ । वामिटक्सार, पवित्र स्थल रिडी, प्रेमको प्रतीक रानिमहल, अवलोकन गरि चीनको कोरला नाका जोड्ने महत्वकाङछी सडक कालीगण्डकी करिडोरको पाल्पा रामपूर हुँदै नारायणगढमा आइ यात्रा समापन हुनेछ ।
कार्यक्रम सफल बनाउन विभिन्न संघसंस्थाको साथ रहेको जोशीले जानकारी दिनुभयो । यात्राको संस्थागत सहयोगीमा लायन्स क्लब अफ चितवन अटोमोबाइल्स छ ।
टेक्निकल पार्टनरमा लक्की मोटरसाइकल वर्कसपको साथ छ । व्यावसायिक सहयोगीमा सेन्टर कलेज भरतपूर, हिमानी एजुकेसन, मनकनमना पार्टस उद्योग र भि.एस.के. पार्टसको साथ रहेको मोहन केसीले जानकारी दिनुभयो ।