पोखरा लेडी जेसीजले विभिन्न सामाजिक कामहरू गर्दै “जेसीज सप्ताह” सुरु

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरा लेडी जेसीजले यस वर्ष पनि आफ्नो वार्षिक कार्यक्रम, “जेसीज सप्ताह” आज शनिबारबाट सुरु भएको छ ।

यही आज जेठ १० देखि १६ गतेसम्म सञ्चालन सुरु भएको कार्यक्रमको मुख्य उद्देश्य समाज र सामाजिक रुपान्तरणमा योगदान र्पुयाउने रहेको छ ।

सोही उद्देश्य अनुरुप नै यस वर्षको नारा समेत “समाज र सामाजिक रुपान्तरणमा युवा अभियान” तय गर्दै पोखरा लेडी जेसीजले आफ्नो जेसीज सप्ताह कार्यक्रम गर्न लागेको बिहीबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिइएको छ ।

एक हप्तासम्म सञ्चालन हुने उक्त सप्ताह कार्यक्रम अन्तर्गत पहिलो दिन कन्या क्याम्पसमा अध्ययनरत छात्राहरुका लागि इपिएस तालिमको आयोजना गरिएको कार्यक्रमका मूल आयोजक समितिकि संयोजक नन्द कुमारी ढुंगानाले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार सोही कार्यक्रम अन्तर्गत दोस्रो दिन जेठ ११ गते वातावरण संरक्षणका लागि पोखरा १० को वडा कार्यालयमा कौशी खेती तथा फोहोर व्यवस्थापन तालिमसँगै मल वितरण कार्यक्रम राखिएको छ ।

जेठ १२ तेस्रो दिन अन्नपूर्ण गाउँपालिकामा रहेका १७ वटा माध्यमिक विद्यालयका कक्षा ८ देखि १० सम्मका छात्रा र छात्रबीच पालिका स्तरीय वृहत वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको पनि संयोजक ढुंगानाले बताउनुभयो ।

त्यस्तै यसै जेसिज सप्ताह कार्यक्रम अन्तर्गत जेठ १३ गते पोखरा ३, नदिपुरका एकल महिलाहरुलाई आधारभूत कानुनी सचेतना कार्यक्रम सञ्चालन गर्ने आयोजकले जनाएको छ ।

कार्यक्रमको पाँचौं दिन जेठ १४ गते जेष्ठ नागरिकसँग जेसिस युवा कार्यक्रम हुनेछ । यो कार्यक्रम भने पोखरा लेडी जेसिजले पोखरा (२०, भलाममा गर्ने बताएको छ ।

जेठ १५ गते सप्ताहको छैटौं दिन पोखरा (२२ पुम्दीमा त्यहाँका महिला दिदीबहिनीहरुका लागि स्त्री रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

कार्यक्रमको अन्तिम दिन जेठ १६ गते लेकसाइडमा अवस्थित केदारेश्वर मन्दिर परिसरका बटुवाहरुका लागि खाना तथा खाध्यान्न वितरण गर्ने कार्यक्रम रहेको संस्थाले जनाएको छ ।

यस्तै संस्थाका अध्यक्ष अनिता थापा खड्काले एक हप्तासम्म सञ्चालन हुने विभिन्न कार्यक्रमबाट धेरै जना सम्बन्धित व्यक्तिहरु लाभान्वित हुनेमा आफुहरु विश्वस्त रहेको बताउनुभयो । उहाँले यस संस्थाको पहलमा समुदायमा सकारात्मक परिवर्तन ल्याउने र समाजलाई अझ सशक्त बनाउन मद्दत र्पुयाउने काम भएको समेत बताउनुभयो ।

अध्यक्ष खड्काले यस्ता कार्यक्रमहरुले सामाजिक काममा युवाहरुको सक्रियता र जिम्मेवारी बढ्ने बताउँदै समाजको समग्र विकासमा योगदान र्पुयाउने समेत बताउनुभयो ।

उहाँले पोखरा लेडी जेसिजले आफ्नो वार्षिक कार्यक्रम, “जेसीज सप्ताह” यसरी नै विभिन्न सामाजिक कामहरू गर्दै मनाउँदै आएको जनाउनुभयो ।

यस पोखरा लेडी जेसिज संस्था युवाहरुको जोश र जाँगरलाई समेट्दै १९८९ मा १८ देखि ४० वर्ष भित्रका क्रियाशील र कर्मठ युवा नारीहरुको शसक्त शाखाको रुपमा स्थापित भएको हो ।

यस संस्थाले युवा, महिला, विद्यार्थी, ज्येष्ठ नागरिक, एकल महिला र कृषकहरुमा सामाजिक जागरूकता फैलाउने र उहाँहरुको व्यक्तित्व तथा नेतृत्व विकासमा जोड दिने जस्ता महत्वपूर्ण कार्यक्रमहरु गर्दै आइरहेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला