
पोखरा । पोखरा १ सिम्पानीमा स्थापना भएको असल छिमेकी नेपाल संस्थाले शुक्रबार वार्षिक लेखाजोखा कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि शिक्षाविद् जोर्ज जोनले उद्घाटन गर्दै असल छिमेकी संस्थाले नाम अनुसारको काम गरेको वताउनुभयो ।
कार्यक्रममा पोख्रेली ख्रिष्टिय समुदायका अध्यक्ष राम प्रसाद शर्माले कुनै पनि संस्थाले सामाजिक काम गर्दा समाजमा पछि पारिएका तथा परेको समुदायलाई पहिलो प्राथमिकता दिएर काम गर्नु पर्ने वताउनुभयो ।
सामाजिक लेखा परिक्षक निकिता कोइरालाले सहजीकरण गर्दै विभिन्न परियोजनाहरु मार्फत गरिएको कामहरुको वारेमा स्थलगत रुपमा पुगेर लाभग्राहीहरु संग प्रत्यक्ष भेटेर लिइएको प्रतिक्रियाहरुको समिक्षा गर्नुभएको थियो ।
जाजरकोटका नलगाड, रुकुम आठबिस कोट, नवलपरासी पुर्व र पश्चिम का पहालीनन्दन, सरावल, बुलिङटार, रौतहटको राजदेवी, म्याग्दीको बेनी, पोखरा भित्रका वडाहरु, तनहुँको बन्दिपुर, धादिङ लगाएतका स्थानिय निकायहरुमा आफ्ना परियोजना संचालन गरिरहेको अध्यक्ष मुक्तिनाथ ढकालले वताउनुभयो ।
कार्यक्रममा विभिन्न जिल्लाका जनप्रतिनिधिहरु, सरकारी संस्थाका प्रतिनिधिहरु, प्रहरी कार्यालयका प्रतिनिधिहरु, विभिन्न गैर सहकारी संस्थाका प्रतिनिहिरुको उपस्थिति रहेको थियो । सेवाग्राहीहरुले संस्थाले निकै राम्रो काम गरेको वताउँदै गरिरहेका कामहरुलाई निरन्तरता दिन सुझाव दिएका थिए ।
असल छिमेकी नेपालका अध्यक्ष मुक्तिनाथ ढकालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष प्रकाश घर्र्तीले र संचालन सचिव तिलबहादुर गिरीले गर्नुभएको थियो ।