आर्यसले श्रीलंकामा एटीएफ यु–१२ टीम टेनिस प्रतियोगिता खेल्ने

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, जेष्ठ ७ । पोखरेली उदीयमान खेलाडी आर्यसराज पौडेलले श्रीलंकामा हुने एटीएफ यु–१२ टीम टेनिस प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाउने हुनुभएको छ । श्रीलंका टेनिस संघको आयोजनामा यहि जेष्ठ १२ देखि १६ गतेसम्म कोलम्बोमा हुने उक्त प्रतियोगितामा नेपाल सहित बंगलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका खेलाडीले भाग लिनेछन् ।

यसै विच,कास्की जिल्ला टेनिस संघले बुधबार एक कार्यक्रमको आयोजना गरि आर्यसलाई विदाई गरेको छ ।
सो अवसरमा संघ कास्कीका अध्यक्ष राजकुमार गुरुङले आर्यसले नेपालमा भएका विभिन्न राष्ट्रिय प्रतियोगिताहरुमा आफ्नों उमेर समुहमा उत्कृष्टता हाँसिल गर्दै आएको बताउनुभयो । उहाँले श्रीलंकामा पनि आर्यसले उत्कृष्ट प्रदर्शन गर्ने आशा व्यक्त गर्नुभयो ।

संघका प्रथम उपाध्यक्ष नविन चालिसेले आर्यस पोखराबाट उदाएका र पोखरेलीले गौरब गर्न लायक खेलाडी भएको बताउँदै श्रीलंकामा पनि राष्ट्रको शान उँचो पार्न शुभ कामना व्यक्त गर्नुभयो ।

सो अवसरमा खेलाडी आर्यसराज पौडेलले श्रीलंकामा हुने उक्त प्रतियोगितामा आफ्नों अनुभवको सक्दो प्रयोग गर्ने बताउनुभयो । ‘खेलमा हार वा जित जे पनि हुन सक्छ, तर म मेरो सम्पूर्ण प्रयास लगाउने छु’–उहाँले भन्नुभयो । विदाई समारोहमा कास्की टेनिस संघका पदाधिकारी तथा खेलाडीह?ले खेलाडी पौडेललाई खादा, माला ओढाएर नेपाली राष्ट्रिय झण्डा प्रदान गरेका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला