गाउँ पर्यटन मार्ट २०८२ यहि जेठ ९ गते पोखरामा हुने

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । गाउँलाई सहरसँग जोड्न यहि जेठ ९ र १० गते पोखरामा गाउँ पर्यटन मेला (होमस्टे मार्ट) आयोजना गरिने भएको छ ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको आयोजना तथा गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकीको सह–आयोजनामा उक्त मार्ट हुने भएको हो ।

ईयस मार्टको मुख्य उद्देश्य गाउँमा रहेका पर्यटन व्यवसायीलाई बजारसम्म जोड्ने प्रयत्न गर्दै गाउँ प्रवद्र्धन तथा बजारीकरणको लागि प्लाटफर्म सृजना गर्नु रहेको नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले जानकारी दिनुभयो ।

उक्त मार्टमा गण्डकी प्रदेशका ११ जिल्ला मध्य म्याग्दी र गोर्खाबाहेक अन्य ९ जिल्लाका २५ वटा होमस्टेहरु एकै ठाँउमा सहभागि हुने उहाँले बताउनुभयो ।

प्रमुख लामिछानेका अनुसार यसमा सामुदायिक होमस्टे तथा गाउँको पर्यटन व्यवसायीका स्टल, गाउँ पर्यटन प्रवद्र्धन, उद्योग र व्यवसायीको भूमिका, गाउँ पर्यटन प्रवद्र्धनमा सञ्चार क्षेत्रको भूमिकाबारे अन्र्तक्रियात्मक छलफल हुनेछन् ।

साथै विभिन्न जातजातिको सांस्कृतिक प्रस्तुती, गाउँ पर्यटन सम्बन्धी प्रचारप्रसारका सामग्रीको वितरणलगायतका कार्यक्रम समावेश हुने उहाँले बताउनुभयो ।

विशेषगरी यस मार्टको उद्देश्य भनेको नै सामुदायिक होमस्टे र सेवाहरुको बारेमा जानकारी दिने, बजारीकरण तथा बजारसँग जोड्ने, गाउँमा रहेका पर्यटन व्यवसायी र संभावित ग्राहक तथा पर्यटन व्यवसायीबीच सम्पर्क स्थापना गर्ने, गाउँ पर्यटनमा निजी तथा सरकारी लगानीलाई अभिवृद्धि गर्ने र प्रदेशको समृद्धिमा योगदान पुर्याउने नै मार्ट को उद्देश्य रहेको बताउनुभयो ।

यससँगै मार्टले गाउँमा खुलेका होमस्टे व्यवसायमार्फत गाउँमा हाल पलायन भइरहेका युवालाई गाउँमै आयआर्जनका अवसर सिर्जना गरी पलायन रोक्न पहल गर्ने र विदेशी पर्यटकलाई समेत गाउँमा रहेका पर्यटकीय संसाधनसँग जोड्दै उनीहरुको बसाई अवधि लम्ब्याउने उद्देश्य पनि मार्टको रहेको प्रमुख लामिछानेले बताउनुभयो ।
होमस्टे मार्ट गाउँ पर्यटन प्रवद्र्धनसँगै त्यसको बजारीकरणको लागि एउटा माध्ययम बनोस् भन्ने उद्देश्यले आयोजना गरिएको सहआयोजक गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी अध्यक्ष शोभा सापकोटाले बताउनुभयो ।
यस्तै महोमस्टे मार्टका लागि उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका, होमस्टे फेडरेशन नेपाल (होफेन) गण्डकी प्रदेश र पोखरा पर्यटन परिषद्ले सहकार्य गरेको जनाइएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला