किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पोखरा–२५ हेमजाले मनायो रजत जयन्ती

नगेन न्यूज
  • ख-
  • ख+

हेमजा । पोखरा–२५, हेमजामा अवस्थित किसान बहुउद्देश्यीय सहकारी संस्था ली.को २५ औँ वार्षिकोत्सव तथा रजत जयन्ती समारोह विविध कार्यक्रम गरी शनिवार सम्पन्न भएको छ ।

कृषक केन्द्रित बचत तथा ऋण, कृषकहरूलाई अति आवश्यक पर्ने अन्नत जातका तरकारी बिउ विजन,रासायनिक मल विषादी र कृषि उपकारणहरू विक्री वितरण तथा उत्पादित कृषिको बजार व्यवस्थापनमा जोड दिने उद्देश्यका साथ २०५७ सालमा स्थापित संस्थाको २५ औँ वार्षिकोत्सव तथा रजत जयन्ती समारोहको उद्घाटन गण्डकी प्रदेश माननीय कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा ज.।सी श्रेष्ठले गर्नुभयो ।

समारोहलाई सम्बोधन गर्दै मन्त्री पदमा जी.सी श्रेष्ठले न्यून आय भएका व्यक्तिको आर्थिक सहयात्री बन्दै कृषि क्रान्तिमा महत्त्व भूमिका साथ उत्कृष्ट सहकारीको स्थानमा रहन सफल भएकोमा सहकारीलाई बधाई दिदै सहकारीको विश्वसिनियतामा नागरिकको प्रश्न उठेको समयमा सहकारीको मुलय मान्यता अनुरूप सञ्चालन गरेका कार्यक्रमहरू बाट लक्षित वर्ग लाभान्वित हुने गरी कार्य सम्पादन गरेर यस सहकारीले एउटा जोलन्द उदाहरण स्थापित गरेको बताउनुभयो । हाम्रो देशको समृद्धिको मुख्य आधार भनेकै कृषि क्रान्ति भएको भन्दै उपस्थित कृषकमा कृषिमा निरन्तरता दिन आग्रह गर्दै प्रदेश सरकार कृषक साथमा रहको समेत उल्लेख गर्नुभयो ।

पोखरा महानगरपालिका वडा न.२५ का अध्यक्ष एवं महानगरका प्रवक्ता मोतीलाल तिम्सिनाले हेमजाको उस्तित्तव कृषिमा जोडिएको बताउनुभयो । उहाँले कृषि क्षेत्रको आधुनिकीकरण, विशिष्टीकरण र औद्योगिकीकरण मार्फत समग्र कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै कृषकलाई कृषिमा आत्मनिर्भर बनाउने उदेशयले विभिन्न सम्बन्धी कृषि क्षेत्रका निकायहरू सँग समन्वय र सहकार्य भएको भन्दै मन्त्री पदमा जी.सी श्रेष्ठलाई इकित गर्दै प्रदेशको पनि उक्त कार्यमा पूर्ण साथ रहने छ , भन्ने विश्वास लिएको बताउनुभयो ।

सहकारी रजिस्टारको कार्यालय, गण्डकी प्रदेश रजिस्टार भेषराज रिजालले हरेक सहकारीले सेयर सदस्यहरूलाई समय सापेक्ष सहकारी शिक्षामा निरन्तर दिन आग्रह गर्नुभयो । अहिलेको परिवेशमा,“सहकारी भनेको बचत तथा ऋण मात्र हो ” भन्ने जुन चर्चा र भ्रम छ, त्यो बहुउद्देश्यीय प्रस्ट पारेको छ । त्यो होइन , सहकारी भनेको उत्पादन सँग जोडिनु पर्छ भन्ने उल्लेख गर्नुभयो । बचत तथा ऋणमा मात्र सीमित रहेर कार्य गरेका सहकारीलाई आगामी दिनमा उत्पादनमा लगानी गर्न जोड दिनुभयो ।

कार्यक्रममा क्षेत्रीय कृषि अनुसन्धान निर्देशनालय ,लुम्लेका निर्देशक बन्धुराज बराल, , भेटनी अस्पताल तथा पशु सेवा विज्ञ पोखराका कार्यालय प्रमुख शम्भु पाण्डे, पश्चिमाञ्चल क्षेत्रीय कृषि निदे्रशनालयका पूर्व निदे्रशक वीरेन्द्र बहादुर हमाल, जिल्ला सहकारी सघंका अध्यक्ष दीपक बास्तोला, राष्ट्रिय सहकारी वैकं ली।बाट नरेश पाण्डे , हेमजा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामचन्द्र त्रिपाठी ,गौशीशंकर बहुमुखी क्यापसका प्रमुख कृष्ण प्रसाद पौडेल, सहकारी सल्लाहकार धर्मराज बास्तोला, सदस्य चित्रनाथ पौडेल लागाएतले शुभकामना दिएका थिए ।

सहकारीले रजत जयन्तीको अवसर पारेर आयोजना गरेका विभिन्न प्रतियोगिताका विजेतालाई कार्यक्रमका बिच पुरस्कृत गरेको छ ।
“सहकारी समस्या र यसका समाधान” विषयक वडा न. २५ भित्रका समुदायीय एवं संस्थागत विद्यालय बिच भएको निबन्ध लेखन प्रतियोगितामा स्नो भ्यु बोर्डिङ स्कुलकी स्वकिया बास्तोला प्रथम,अम्बिका मा।विका रोसन बुढाथोकी द्धितिय र गौरीशङ्कर मा।वि कि शर्मिला सुनार तृतीय स्थान प्राप्त गरेका छन् । बिष्णुपादुका माध्यमिक, ज्ञान सागर एकेडेमी र हेमजा बोर्डिङ स्कुलको पनि सहभागि रहेको थियो ।

कार्यक्रमका बिच संस्थाका व्यवस्थापक हरि प्रसाद त्रिपाठी, साथै कर्मचारी सुनिता श्रेष्ठ र विष्णु सापकोटालाई दिर्गसेवा सम्मान गरिएको छ ।
साथै सेयर सदस्यका छोराछोरी बाट एमडी, पिएचडी र २०८१ को कक्षा १२ वोर्ड परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने विभिन्न विद्यार्थीहरू,संस्थाका ७५ वर्ष माथिका ज्येष्ठ सेयर सदस्य, संस्था दर्ता तदर्थ समितिका अध्यक्ष एवं पदाधिकारीहरू, साथै विभिन्न क्षेत्र बाट सहकारीको हितका निम्ति उल्लेखनीय भुभिका प¥याउने विभिन्न महानुभावहरूलाई सम्मान गरिएको छ । कार्यक्रमका बिच संस्थाले रजत जयन्ती स्मारिका सार्वजनिक गरेका छ ।

किसान बहुउद्देश्यीय सहकारी संस्था ली.का अध्यक्ष मोतीराम तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत संस्थाका उपाध्यक्ष भगवती बचगाईले, सहकारीका सात सिद्धान्त समिति सदस्य जनार्दन बास्तोलाले र सञ्चालन महा सचिव बुद्धि प्रसाद बास्तोला र सचिव जीत बहादुर कार्कीले गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला