शुक्ला साहित्य प्रतिष्ठानले कविता वाचन प्रतियोगिता गर्ने

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । मोफसलको सबैभन्दा पुरानो साहित्यीक संस्था शुक्ला साहित्य प्रतिष्ठान, पोखराको आयोजनामा सामुदायिक विद्यालय स्तरीय कविता प्रतियोगिता हुने भएको छ ।

पोखराका १६ र १९ नम्वर वडाका सामुदायिक विद्यालयका ८ वटा तथा माछापुच्छ्रे गाउँ पालिका २ सार्दिखोलामा रहेको माछापुच्छ्रे मा वि गरी ९ वटा विद्यालयले प्रतियोगितामा सहभागिता जनाउने कार्यक्रमका संयोजक पत्रकार यदुनाथ बन्जाराले बताउनुभयो ।
यही जेठ ९ गते तल्लाकोटमा रहेको बिन्ध्येश्वरी माविमा हुने प्रतियोगितामा पोखरा १६ मा रहेको विन्ध्यवासिनी मावि बाटुलेचौर , इन्द्रराज्यलक्ष्मी मा वि, लामाचौर , अन्नपूर्ण आ वि, अर्मला , ज्ञानज्योती मावि, छहरेपानी र शान्ती मा वि जुम्लेटी यस्तै पोखरा १९ मा भारती भवन मा वि पुरन्चौर , महेन्द्र मा बि घार्मी , बिन्धेश्वरी मा बि तल्लाकोट रहेका छन् ।

खुल्ला कविता प्रतियोगितामा प्रत्येक विद्यालयबाट २९२ जना विद्यार्थीले सहभागिता जनाउन सक्ने गरी प्रबन्ध मिलाइएको प्रतिष्ठानका सचिव रामप्रसाद पौडेलले बताउनुभयो । मोफसलमा रहेर साहित्य, कला र संस्कृतिको जगेर्ना र प्रबद्र्धनमा सकृय रहदै आएको शुक्ला साहित्य प्रतिष्ठानले साहित्यको बिकास र उन्नयनमा सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेको छ ।
साहित्यको बिकाश गर्न विद्यालयलाई जगको रुपमा लिइएको र साहित्य सम्बन्धी विभिन्न कार्यक्रमहरु आलोपालो गरिने नीति लिइएको प्रतिष्ठानका अध्यक्ष दुर्गादेवी बस्नेत गौतमले बताउनुभयो ।
कविता प्रतियोगिता सम्पन्न गर्न यदुनाथ बन्जाराको सयोजकत्वमा लक्ष्मी देवकोटा र प्रकाश अधिकारी सदस्य रहेको समिती गठन गरिएको छ ।

साहित्य कला र धर्म सस्कृतिको प्रबद्र्धनका लागि स्थानिय र प्रदेश सरकारले बजेटको प्रबन्ध मिलाउन सकेमा देश र जनताले महसुस गर्ने गरि उपलब्धी दिन सकिनेमा दुई मत छैन ।
आगामी आ बको बजेटमा बजेट बिनियोजन गर्न दुबै तहको सरकारलाइ अनुरोध गर्ने प्रतिष्ठानका उपाध्यक्ष दिपेन्द्र बानियाँले बताउनुभयो ।
प्रतिष्ठानले हरेक भाद्र कृष्ण जन्माष्टमीको दिन राष्ट्रिय स्तरको कृष्ण भजन प्रतियोगीता गर्दै आईरहेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला