पोखरा १६ का दलित महिलालाई कानुनी सचेतना

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ०२ जेठ । पोखराको १६ नम्वर वडाभित्रका दलित समुदायका महिलालाई कानुनी सचेतना तथा क्षमता अभिवृद्धि सम्वन्धी एक दिने तालिम प्रदान गरिएको छ ।

पोखरा महानगर पालिका सामाजिक विकास महाशाखाको सहयोगमा जनजागरण आमा समुह महेन्द्र गुफाको आयोजनामा भएको कार्यक्रमको उद्घाटन पछि वोल्दै वडा सदस्य मञ्जु नेपालीले समाजमा पछाडी परेका दलित समुदायलाई कानुनी विषय र क्षमतागत विकासका लागी तालिम फलदायी रहेको बताउनुभयो । उहाँले समाज विकासको संवाहक महिला नै पछाडी परेमा त्यसले ठुलो समस्या निम्त्याउने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा प्रशिक्षक उषा वरुवालले उद्यमशिलताका विषयमा प्रशिक्षण दिदैं कुनै न कुनै उद्यम विना सफलता हासिल गर्न नसकिने बताउनुभयो ।
अर्का प्रशिक्षक पुर्णशोभा मर्हजनले महिला माथि लाग्ने विभिन्न किसिमका लाञ्छनाले परिवार मात्र नभई समाज नै कमजोर बन्ने बताउँदै, मानसिक स्वास्थ्य सवल हुनुपर्नेमा जोड दिनुभयो ।

अर्का प्रशिक्षक दलित महिला संघ फेडोका अध्यक्ष ईश्वरी विकले कानुनी सचेतनाका विषयमा प्रशिक्षण दिदैं, दलित समुदायका निम्ती कानुनमा व्यवस्था भएका विषयलाई प्रभावकारी रुपमा कार्यान्वयन हुनुपर्ने बताउनुभयो ।
समुहका अध्यक्ष ओममाया नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा समुहका सल्लाहकार एकराज नेपाली, पत्रकार शिशिर पौडेल, महिला अधिकारकर्मि लक्ष्मी देवकोटा, फेडोका नितु नेपाली लगायतले दलित समुदायभित्रै रहेको विभेद अन्त्य हुनुपर्नेमा जोड दिदैं, तालिममा सिकेका कुरा व्यवहारमा उतार्न सके मात्र समाज परिवर्तनको सपना पुरा हुने बताए ।
बाटुलेचौर दलित महिला समुहको सह आयोजनामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सिर्जना नेपाली र संचालन सचिव ईश्वरी नेपालीले गर्नुभएको थियो ।

सोही अवसरमा जनजागरण आमा समुहको साधारण सभा पनि सम्पन्न भएको छ । समुहका अध्यक्ष ओममाया नेपालीको अध्यक्षतामा भएको सभाले समुहको वाषर््िाक प्रगति र आर्थिक प्रतिवेदन समेत पारित गर्यो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला