
पोखरा । पोखरा महानगरपालिका वडा नं २७ को शिसुवामा रहेको लक्ष्मी आदर्श माविले सोमवार ५७ औं वार्षिकोत्सव एवम् छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालयका पूर्व विद्यार्थी समेत रहेका गण्डकी विश्वविद्यालयका कुलपति प्राध्पापक डा. इन्द्रप्रसाद तिवारीले कार्यक्रम उद्घाटन गर्दै विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । तिवारीले शैक्षिक सुधारका कार्यक्रममा गण्डकी विश्वविद्यालय सहकार्य गर्न तयार रहेको वताउनुभयो ।
वडा नं.२७ का वडा अध्यक्ष पूर्णकमार गुरुङले राज्यले शिक्षाको क्षेत्रमा गरेको ठुलो लगानीको सही रुपमा सदुपयोग गरेर ब्यवहारिक र प्रयोगात्मक शिक्षा प्रणालीलाई आत्मसाथ गर्दै अगाडि वढ्नु पर्ने धारणा राख्नुभयो ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चतुराखर अधिकारीले कार्यक्रमका उद्धेश्य स्वम् भावी योजना वारे जानकारी गराउनुभएको थियो ।
उक्त कार्यक्रममा पोखरा महानगरपालिका, शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत वद्रीनाथ सुवेदीले बौद्धिक पलायनलाई रोक्न विद्यार्थीहरुलाई स्वदेशमा नै राख्ने खालको शिक्षा दिने वारेमा राज्य प्रणाली चिन्तनशील भएको धारणा राख्नुभएको थियो ।
विद्यालयकासहायक प्रधानाध्यापक श्री कोपिला धितालले स्वागत गर्नुभएको थियो भने अक्षयकोष स्थापना गर्ने दाताहरुको प्रतिनिधित्व गर्दै पदमराज ढकाल, कक्षा १०की अमृता तामाङ, विवेक अधिकारी, कक्षा ११का रोशन रावल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्र.अ. शिवमणि भण्डारीले विद्यालयका गतिविधि र भावी योजना प्रस्तुत गरेको कार्यक्रममा वि व्य.स.सदस्य श्री हेमराज आचार्यले धन्यवाद ज्ञापन गर्नुभयो ।
अक्षयकोष तथा विद्यालयस्रोत वाट १सय २ जना विद्याथीलार्ई छात्रवृत्ती तथा शैक्षिक र अतिरिक्त क्रियालाप का पुरस्कार वितरण गरिएको थियो ।
सञ्चालन विद्यालयका लेखापाल गणेश पौडेलले गरेका थिए । सहायक प्रधानाध्यापक कोपिला धिताल,शिक्षक दामोदर पौडेल,सन्तोष सुवेदी, शकुन्तला पाण्डे लेखापाल गणेश पौडेल र पिटी शिक्षक श्री खिम वहादुर आलेलाई लगायतलाई सम्मान समेत गरिएको थियो ।