भाटखोला काहुलेको तपस्नीको कुटी संरक्षणमा स्थानीय अग्रसर

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । स्याङ्जाको फेदिखोला गाउँपालिका वडा नं ३ भाटखोला, काहुलेको सिरानमा नेपाने नामले प्रसिद्ध स्थान यति बेला एकाएक चर्चामा छ ।

तिखेचुलीको नामले पनि गाउलेहरू बीच चिरपरिचित उक्त स्थानमा कुनै समय महिलाहरू कुटि बनाएर बस्थे, नित्य पुजा पाठ, तपस्या गर्ने गर्दथे ।

कुटि वरपर वारि बनाएर खेती पाती गर्दथे, गाइहरु पल्दथे गाउलेहरुको मनस्थितिमा ती पलहरु आज पनि ताजै छन् ।

उक्त क्षेत्र भैरब सामुदायिक बनमा पर्दछ । केही महिना सम्म डरलाग्दो जंगल थियो । अहिले गाउँलेले तपस्नीको कुटी ब्यबस्थापन तदर्थ समिति गठन गरेर सरसफाइ गरेका छन् । त्यस वेलाका कुटी र गाइ गोठका नावशेषहरु, आँपका रुखहरु पनि देख्न सकिन्छ ।

खड्केटारी देखि बाँगे सम्मको खड्केटारी भाटखोला बाँगे पन्चासे सडकको छेउमा रहेको उक्त स्थानमा बैशाख २६ गते ७ जना पण्डित द्वारा होमन, रुद्री, चण्डी पाठ आदि धार्मिक अनुष्ठान गरिएको छ ।

पुजामा गण्डकी प्रदेश सभाका सदस्य तथा आँधिखोला गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेल, फेदिखोला गाउपालिकाका अध्यक्ष घनश्याम सुवेदी, उपाध्यक्ष देउकुमारी गुरुङ, फेदिखोला ३ का अध्यक्ष कृष्ण बहादुर रानाभाट, सदस्यहरु, आँधिखोला ५ का वडा अध्यक्ष कृष्ण प्रसाद पनेरु, उक्त स्थानको इतिहास संकलन कर्ता कृष्ण प्रसाद पनेरु (सागर) ले उक्त स्थान पहिलै संरक्षण गर्नु पर्नेमा ढिलो गरि भए पनि अब बहुबर्षिय योजना बनाएर काम गर्न अनुरोध गर्नुभएको थियो ।

उक्त स्थानलाई धार्मिक पर्यटनको बिकासको लागि गठन गरिएको तपस्नीको कुटी ब्यबस्थापन तदर्थ समितिका अध्यक्ष डिलबहादुर रानाभाटले अब उक्त स्थानलाई सबैको सल्लाह र सहयोगमा बहुबर्षिय योजना बनाएर, ध्यान केन्द्र, राधाकृष्ण मन्दिर, पिकनिक स्पट, दृश्यबलोकन स्थान, कम्पाउण्ड बाल बनाउने बताउनुभयो ।

पुजा तथा उक्त स्थानको संरक्षणको लागि स्थानीय, देशबिदेशमा रहनु भएका संस्कृति प्रेमीहरुले आर्थिक सहयोग गरेका १ हजारदेखि माथि सहयोगदाता लाई सम्मान पत्र, ५ हजारदेखि माथि सहयोगदातालाई फ्रेम सहितको सम्मान पत्र, १० हजार भन्दा माथि सहयोग गर्ने दातालाई आकर्षक फ्रेममा सम्मान पत्र प्रदान गरिएको सचिव ताराबहादुर रानाभाटले बताउनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला