
पोखरा, बैशाख २५ । नेपाली सेनाको नेतृत्वमा अन्नपूर्ण पदयात्रा मार्ग सरसफाई अभियान सम्पन्न भएको छ ।
फुलवारी व्यारेकमा अवस्थित श्री कृष्णदल गणले विश्वमै पदयात्राको लागि परिचित अन्नपूर्ण पदयात्रा मार्ग यहि बैशाख २१ गतेदेखि २५ गतेसम्म सरसफाई अभियान सम्पन्न भएको छ ।
पश्चिम पृतनाका पृतनापति उपरथी मधुकर सिंह कार्कीको अवधारणा र श्री नं.३ वाहिनी अड्डाको निर्देशन बमोजिममा सरसफाई अभियान संचालन भएको हो ।
श्री कृष्णदल गणका गणपति प्रमुख सेनानी राजेन्द्र पुडासैनीको नेतृत्वमा गणको जिम्मेवारी क्षेत्र कास्की जिल्लामा पर्यटन व्यवसाय तथा गतिविधिलाई प्रवर्धन, पर्यटनहरुको सुरक्षा तथा पर्यावरण सन्तुलनमा योगदान दिने उद्देश्यले स्थानीय सरोकारवालासंग हातेमालो गरी “पदयात्रा मार्ग सरसफाई अभियान“ सञ्चालन भएको थियो ।
उक्त अभियानमा अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने अन्नपूर्ण गाउँपालिकाको झिनु, छोम्रोङ्ग, तल्लो छोम्रोङ्ग, सिनुवा, देउराली, बाम्बो ईलाकामा संचालन गरेको थियो ।
सरसफाई अभियानको क्रममा अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (ACAP) का प्रतिनिधि, स्थानीय होटल व्यवसायी, आमा समुह तथा स्थानीयहरुको संलग्नता रहेको थियो ।
सरसफाई अभियानको अन्तिम दिन सरसफाईका क्रममा संकलन भएको करिव २९० के.जि. प्लाष्टिकजन्य फोहोर एक कार्यक्रम बिच सरसफाई अभियानको नेतृत्व गरेको श्री कृष्णदल गणका गणपति प्रमुख सेनानी राजेन्द्र पुडासैनीले अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना छोम्रोङ्गका प्रमुख नेत्र शर्मालाई हस्तान्तरण गर्नु भएको थियो ।
अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गुञ्जमान गुरुङ्गले नेपाली सेनाको अगुवाईमा संचालन भएको कार्यक्रममा स्थानीय जनप्रतिनिधि, होटल व्यवसायी, स्थानीय बासिन्दा, आमा समुह तथा ACAP को कर्मचारीहरुको उपस्थिति सर्हानिय भएको बताउनुभयो ।