साहित्यका आमोदीद्धारा मत्स्यगन्धा महाकाव्यको रचना

नगेन न्यूज
  • ख-
  • ख+

तनहुँ, वैशाख २१ । तनहुँका एक साहित्यकारले ‘मत्स्यगन्धा महाकाव्य’ नामक महाकाव्यको रचना गर्नु भएको छ । केशवराज आमोदीले महाकाव्यको रचना गर्नु भएको हो ।
महाकाव्यमा व्यास नगरपालिकाको सेरोफेरो र स्थानीय परिवेश झल्कने पौराणिक कथानक झल्किएको साहित्यकार आमोदीले जानकारी दिनुभयो ।

चार वेद १८ पुराणका रचयिता भगवान व्याससँग सम्बन्धित विशिष्ट कृति मत्स्यगन्धा महाकाव्यको लोकार्पण यही वैशाख २६ गते शुक्रबार दिउँसो १ बजे व्यास नगरपालिकाको सभाहलमा हुने भएको छ ।

महाकाव्यकार आमोदी तनहुँको बन्दीपुर गाउँपालिका–३ सुखौरामा जन्म भै हाल चितवनको रत्ननगर १३ माधवपुरमा बसी साहित्य साधना गर्नुहुन्छ ।
गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँको आयोजनामा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेको प्रमुख आतिथ्यतामा महाकाव्यको विमोचन गरिने भएको छ ।

प्रतिष्ठानको अध्यक्ष गौकुमारी न्यौपानको अध्यक्षमा आइतबार बसेको कार्य समितिको वैठकले महाकाव्यको दमौलीमा विमोचन गर्ने निर्णय गरेको महासचिव अमरराज नहर्कीले जानकारी दिनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला