बुद्ध विशाल बजार व्यापारिक एशोसियसनको फुटसल प्रतियोगिता सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

 

पोखरा ।

बुद्ध विशाल बजार व्यापारिक एशोसियसन पोखराले आफ्ना व्यवसायी बिच दशौं आन्तरिक फुटसल प्रतियोगिता आयोजना गरेको छ ।

पाँच टिम सहभागी रहेको फुटसल प्रतियोगितामा विशाल श्रेष्ठको टिम प्रथम हुदै नगद पन्ध्र हजार सहित सिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो भने सन्जय बुढाथोकीको टिम द्वितीय हुदै नगद दश हजार सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो भने उत्कृष्टखेलाडीको उपाधि रोशन नेप्कुलले प्राप्त गरेका थिए ।

यस अघि कार्यक्रमको उद्वघाटन गर्दे प्रमुख अतिथि पोखरा महानगरपालिका ४ का नव निर्वार्चित वडा अध्यक्ष देवकृष्ण पराजुलीले व्यवसायी साथीहरूका समस्या समाधान गर्न आफु प्रतिवद्व रहेको बताउदै बुद्ध विशाल बजार व्यापारिक एशोसियसन आज जुन सम्मानआफुलाई गरेको छ यसले आफुलाई थप जिम्मेवारी महसुस भएको बताए ।

कार्यक्रममा बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका अध्यक्ष केशवबहादुर खत्रीले पोखराको महेन्द्रपुल,पालिखेचोकमा पार्किङको समस्या रहेकोले सहजिकरण गरिदिन पोखरा ४ का वडाअध्यक्ष पराजुलीलाई आग्रह गर्दे बुद्ध विशाल बजार व्यापारिक एशोसियसनले व्यवसायी विच आत्मीयता बढोस भनेर बिगतका वर्षहरूमा वार्षिक रूपमा फुटसल प्रतियोगिता आयोजना गरिरहेको भए पनि गत दुई वर्ष कोभिडको कारण रोकिएको बताउदै आगामी वर्षहरूमा यस प्रतियोगितालाई निरन्तरता दिने बताए ।

कार्यक्रममा सर्वेश्वर ब्यवसायी समितिका अध्यक्ष बालकृष्ण भण्डारी बगर कल्याणकारी ब्यवसायी समितिका अध्यक्ष विष्णु वास्तोला फेन्सी तथा रेडिमेड ब्यवसायी संघका अध्यक्ष राजु पौडेल लगाएतले कार्यक्रमको सफल्ताको कामना गरेका थिए ।

बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका अध्यक्ष केशवबहादुर खत्रीको सभापतित्वमा भएको कार्यक्रमको सन्चालन बुद्ध विशालबजार व्यापारिक एशोसियसनका महासचिव बुद्वी बहादुर कुवरले गरेका थिए भने उपाध्यक्ष ईन्द्रराज अर्यालले स्वागत र धन्यवाद ज्ञापनकोषाध्यक्ष तथा कार्यक्रम संयोजक थमनसिह गुरूङले गरेका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला