सलोनको ‘रंगी’ लण्डनको २७ वटा हलमा प्रदर्शन हुँदै

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं फागुन २ । अल नेपाल रिलिज भएको फिल्म ‘रंगी’ लण्डनमा पनि प्रदर्शन हुने भएको छ। अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको यो फिल्म आगामी मे ९ तारिखमा लण्डनको २७ वटा हलबाट प्रदर्शनमा आउन लागेको हो। यस फिल्मलाई महारानी प्रोडक्सनको विक्रम जोशीले प्रदर्शनका लागि जिम्मा लिनुभएको छ ।
यो फिल्मको लण्डनमा प्रदर्शनका लागि सेन्सर पास भइसकेको जोशीले बताउनुभयो । उहाँका अनुसार यो फिल्मले लण्डनमा प्रदर्शनका लागि सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट पाएको छ ।
यसअघि यो फिल्म अष्ट्रेलियाको विभिन्न शहरमा प्रदर्शनमा आएको थियो ।

सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको यस फिल्ममा बाबुछोरीबीचको कथामा आधारित रहेको छ ।
विभिन्न फिल्ममा सहायक निर्देशन गर्दै आउनुभएको सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहेको यो फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, विशाल पहारी लगायतको अभिनय रहेको छ ।
यो फिल्म अभिनेता बस्नेतको डेब्यू निर्माण हो ।

सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमको निर्माण रहेको फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ ।
फिल्मको नेपाल वितरक एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्ट हो।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला