पोख्रेली लोक दोहोरी गायक हिमलालको दिलको ढोका सार्वजनिक

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । लोक दोहोरी गायक हिमलाल सुनारको लोक दोहोरी गीत दिलको ढोका  सार्वजनिक भएको छ ।
भावना म्युजिक सोलुसनले आफ्नो युट्युव च्यानल मार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरेको हो । दिपक अधिकारीको शव्द रहेको गीतमा गायक सुनार र अहिलेकी चर्चित गायिका शान्ति श्री परियारको स्वर रहेको छ । गीतमा सन्तोष सुवेदीले लय तथा संगित भर्नुभएको हो ।

अहिलेको पे्रमी पुस्तालाई केन्द्रित गरी बनाईएको गीतमा याम थापा मगरको एरेन्ज,विमल परियारको मिक्सिङ रहेको छ । म्युजिक भिडियोलाई प्रविन थापाले कोरियोग्राफी र निर्देशन गर्नुभएको हो ।
पोखराका विभिन्न ठाउँमा छायाकंन गरिएको गीतमा विमल अधिकारी, सरिता दानकुटी र वाल कलाकार सिवानी सुनारको अभिनय रहेको छ ।

ओजन स्टुडियोमा रेर्कड भएको गीतलाई धेरैले मन पराएको गायक सुनारले जानकारी दिनुभयो । यस अघि पनि विभिन्न गीतमा आवाज दिनुभएको सुनारले यस गीतले आफ्नो लोक गायनको यात्रालाई थप उचाईमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो । पोखराको घार्मीमा जन्मिएर लामो समय वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया रहेका सुनार फर्किए लगत्तै गीत वजारमा ल्याउनुभएको हो । सागितिक यात्रामा लागेका सुनारको यस अघिको गीत ूमेरै माया जातिूले नि चर्चा कमाएको थियो । उहाँले गायनसँगसँगै विभिन्न लोक आधुनिक गीत समेत रचना समेत गर्नुभएको छ ।
हालै सार्वजनिक भएको गीतले युट्युवमा राम्रै भ्युज समेत पाएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला