काउरेमा शकंरानन्दको मुर्ति अनावरण

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखराको प्रसिद्ध धार्मिक पर्यटकिय स्थल अम्मरेश्वर शिवालयमा संस्थापक अनन्त श्री स्वामी शंकरानन्द गिरीजी महाराजको शालिक अनावरण गरिएको छ ।

पोखरा १९ काउरेस्थित शिवालय परिसरमा स्थापना गरिएको अर्ध कदको शालिकको बुधबार एक कार्यक्रमका बीच महेश संन्यास आश्रम देवघाटका पिठाधिश श्री १ हजार ८ स्वामी रमणानन्द गिरीले अनावरण गर्नुभयो ।

कार्यक्रममा पिठाधिश गिरीले यस क्षेत्रको धार्मिक जागरण फैलाउन शंकरानन्द महाराजको भुमिका अतुलनीय रहेको बताउदै, उहाँको शालिक अनावरण गर्न पाउँदा आफू धन्य भएको बताउनुभयो ।
कार्यक्रममा पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, नेपाल सरकारका पुर्व सचिव बाबुराम आचार्य, धार्मिक व्यक्तित्व तिलक बास्तोला, निलकण्ठ बास्तोला, कमल बास्तोला, शंकरानन्द महाराजका नाती साहित्यकार शालीग्राम आचार्य, पनाती श्यामसुन्दर आचार्य, शिवालयका पुजारी राम गिरी, भरत गिरी लगायतले अम्मरेश्वर शिवालयको स्थापनामा उहाँले खेलेको भुमिकाको चर्चा गरेका थिए ।

रमणानन्द गिरी सो आश्रमको समेत पिठाधिश हुनुहुन्छ । उक्त शालिक गिरी महाराजका सन्ततीहरूले निर्माण गरेका हुन्।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला