नेपाल परिवार नियोजन संघको टोली स्वास्थ्य मन्त्री पौडेलसँग भेटघाट

नगेन न्यूज
  • ख-
  • ख+

काठमाण्डौ, १४ बैशाख । नेपाल परिवार नियोजन संघले नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसँग भेट गरेको छ ।
नेपाल परिवार नियोजन संघका केन्द्रीय अध्यक्ष डा.राजेन्द्र बहादुर श्रेष्ठ नेतृत्व टोलीले आईतबार मन्त्री पौडेलसँग भेट गरेको हो ।

परिवार नियोजन संघको अवस्था वारे जानकारी दिन र सरकारसँग सहकार्यका लागि अनुरोध गर्न टोलीले स्वास्थ्य मन्त्री पौडेलसँग भेटघाट गरेको नेपाल परिवार नियोजन संघ कास्कीका शाखाका सभापति नविन सिग्देलले जानकारी दिनुभयो ।

भेटका क्रममा स्वास्थ्य मन्त्री पौडेलले समयको माग अनुसार कार्यक्रमका जोड दिन अनुरोध गर्नुभयो । ‘सरकार सहकार्यलाई तयार छ’ उहाँले भन्नुभयो, ‘हामी छलफल नै गरेर अगाडि बढौला ।’

भेटघाटका कार्यक्रममा केन्द्रीय अध्यक्ष डा.राजेन्द्र बहादुर श्रेष्ठ र संघका कार्यकारी निर्देशक डा.प्रविण शाक्यले कार्यक्रमका वारेमा जानकारी गराएको थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला