कला क्रान्ति बर्ष व्यक्ति एन बि गुरूङ ललितकला संघको अध्यक्षमा निर्वाचित

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौँ । राष्ट्रिय ललितकला संघ नेपालको केन्द्रीय अध्यक्षमा कला क्रान्ति बर्ष व्यक्ति २०८० कलाकार एन बि गुरूङ सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ ।
चैत्र ९ गते सम्पन्न संघको राष्ट्रिय सम्मेलनले उहाँलाई अध्यक्षमा चयन गरेको हो । सम्मेलनले ४१ सदस्यीय केन्द्रीय कार्यसमिति पनि चयन गरेको छ ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षहरूमा महेन्द्र राई, उमेश श्रेष्ठ, चित्र कार्की, ज्योतिप्रकाश विक र विपना महर्जन रहनुभएको छ ।
महासचिवमा अर्जुन न्यौपाने, उपमहासचिवमा कान्छाकाजी भासीमा, सचिवहरूमा सन्तोष जेन्तली र शुशान्त श्रेष्ठ र सदस्यहरूमा भीम श्रेष्ठ, विनोद गुप्ता, एचबी रम्तेल छन् ।

नवनिर्वाचित अध्यक्ष गुरूङले कार्यसमितिले कलाको विकास, प्रवद्र्धन र संरक्षणका लागि नीतिगत तहमा कानुन निर्माण गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । यसका साथै उहाँले कलाकारका हकहित र अधिकारको लागि निरन्तर पैरवी गरिने समेत बताउनुभएको छ ।
नयाँ नेतृत्वले कला क्षेत्रको समग्र विकास र कलाकारहरूको उत्थानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला