पोखरामा सुरू भयो अन्तर्राष्ट्रिय नाटक महोत्सव

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरामा अन्तर्राष्ट्रिय नाटक महोत्सव सुरू भएको छ ।
शनिबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महाकवि लक्ष्मीप्रसाद देवकोटाको खण्ड काव्य ‘मुनामदन’मा आधारित नाटक ‘मुनामदन’ का पंक्ति वाचन गर्दै महोत्सवको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा मेयर आचार्यले यस नाटक महोत्सवले पोखरा भ्रमण वर्षको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
पहिलो दिन शनिबार नेपालका दुई नाटक ‘मुनामदन’ र ‘भ्रुण’ मञ्चन गरिएको थियो ।

यस्तै, आज चैत १० गते आइतबार ट्युनेशियाको नाटक ‘एस्’, चैत ११ गते चीनको ‘दि चार्मिङ जिन्जु ओपेरा’, चैत १२ गते जापानको ‘मास्टर शोको र मार्गरिता’ नाटकको मञ्चन हुनेछ ।

पोखरालाई अन्तर्राष्ट्रिय सांस्कृतिक तथा नाट्य पर्यटनको केन्द्रका रुपमा स्थापित गर्ने उद्देश्यले सुरु भएको महोत्सवमा नेपालसँगै विदेशी कलाकारहरु, साहित्यकार सरुभक्त, कलाकार प्रकाश घिमिरे, दिया मास्केलगायतको उपस्थिति रहेको थियो ।
महोत्सव उद्घाटन सत्रमा विविध सांस्कृतिक नृत्य तथा सांगीतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

प्रत्येक दिन बेलुका ५ बजे पोखरा थिएटरमा नाटक मञ्चन हुने आयोजकले जनाएको छ ।

पोखरालाई अन्तर्राष्ट्रिय साँस्कृतिक तथा नाट्य पर्यटनको केन्द्रका रुपमा स्थापित गर्ने उद्देश्यले महोत्सवको आयोजना गरीएको महोत्सव निर्देशक परिवर्तनले जानकारी दिनुभयो ।

उहाँका अनुसार महोत्सवमा नाटकसँगै खुला छलफल तथा संवाद र विविध साँस्कृतिक कार्यक्रमहरु पनि रहनेछ ।
महोत्सवमा नाटकको अलावा खुला छलफल तथा संवाद कार्यक्रम पनि आयोजना गरिनेछ । महोत्सव हेर्नको लागि दुई सय, तीन सय र पाँच सयको टिकट काट्नुपर्ने व्यवस्था रहेको आयोजकले जनाएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला