पोखरा अन्तराष्ट्रिय नाटक महोत्सव चैतको ९ गतेदेखि

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरा अन्तराष्ट्रिय नाटक महोत्सव २०८१ को तयारी पूरा गरिएको छ । पोखरालाई अन्तराष्ट्रिय सांस्कृतिक तथा नाट्य पर्यटनको केन्द्रका रुपमा स्थापित गर्ने उद्धेश्यले पोखरा थिएटरले महोत्सवको आयोजना गरिएको महोत्सव निर्देशक परिवर्तनले बताउनुभयो ।

बिहीबार पत्रकार सम्मेलन गरी चैतको ९ गतेबाट पाँचदिनसम्म चल्ने नाटकको तयारी पूरा भएको परिवर्तनले जानकारी दिनुभयो ।
उहाँले महोत्सवमा नेपालका साथै चीन, ट्युनिसिया, नर्वे र जापानका ६ वटा नाटक महोत्सवमा मञ्चन हुने जानकारी दिनुभयो ।
महोत्सवमा नेपालसँगै बाहिर देशका कलाकारहरुको पनि बाक्लो उपस्थिति रहने अपेक्षा राख्दै नाटकसँगसँगै फोरम थिएटर, कार्यशाला, खुल्ला छलफल, सम्वाद कार्यक्रम रहेको बताउनुभयो ।

पोखरालाई साँस्कृतिक तथा पर्यटन गन्तव्यका रुपमा अन्र्तराष्ट्रिय पहिचान दिलाउन महोत्सव महत्वपूर्ण हुने उहाँको अपेक्षा छ ।
पोखरा थिएटरले ६ वर्षपछि अन्तर्राष्ट्रिय नाटक महोत्सवका गर्न लागेको हो ।
परिवर्तनले थिएटरले पुन पोखरा अन्तर्राष्ट्रिय नाटक महोत्सव आयोजना गर्न लागेको र कोभिड पछि अन्तर्राष्ट्रिय नाटक महोत्सवलाई निरन्तरता दिन नसकेपनि यो महोत्सवले नेपाली तथा अन्तर्राष्ट्रिय नाट्य समुदायलाई एकसाथ ल्याउने विशेष अवसर हुने विश्वास व्यक्त गर्नुभयोे ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला