महिला लघुवित्तद्वारा कालिका माविमा वित्तीय साक्षरता

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, चैत ४ । पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माविमा सोमवार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
महिला लघुवित्त वित्तीय संस्था लि., केन्द्रीय कार्यालय, साँगाको आयोजनामा भएको कार्यक्रममा गण्डकी प्रदेश कार्यालय प्रमुख रमेशचन्द्र पौडेलले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा कक्षा ६ देखि ९ सम्मका विद्यार्थी र शिक्षकहरूको सहभागिता रहेको थियो ।
पौडेलले विद्यार्थीकालदेखि नै बचत गर्ने बानी बसाल्नुपर्ने बताउदैं बालबालिकामार्फत अभिभावकलाई समेत बचत गरी आर्थिक व्यवस्थापन गर्ने बानी बसाल्न सकिने भन्दै आम्दानी गर्नुभन्दा बचत गर्नु ठुलो कुरा भएको जानकारी दिनुभयो । आधिकारिक र विश्वसनीय निकायमा रकम बचत गर्नेतर्फ पौडेलले ध्यानाकर्षण गराउनुभयो ।

विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावीले आर्थिक मन्दीले समग्र अर्थतन्त्र नै धराशायी भएको परिस्थितिमा विद्यार्थी र शिक्षकलाई वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण गर्नु आवश्यक भएको औँलयाउनुभयो । विद्यालयले समय सन्दर्भअनुसार शिक्षक तथा विद्यार्थीका लागि तालिम, अभिमुखीकरणलगायतका कार्यक्रम गर्दै आएको उहाँले बताउनुभयो ।
नेपाल राष्ट्र बैङ्कले घोषणा गरेको ग्लोबल मनी विक २०२५ अन्तर्गत पहिलो दिनको कार्यक्रममा कालिकामा गरिएको महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, पोखरा शाखाका प्रमुख करणकुमार सिङ्तानले जानकारी दिनुभयो । उहाँले यससम्बन्धी कार्यक्रममा निरन्त गरिने जानकारी दिनुभयो ।

राष्ट्र बैङ्कले मार्च १७ देखि २३ तारिखसम्म ग्लोबल मनी विक मनाउने घोषणा गरेको छ ।
कार्यक्रममा पोखरा शाखाका मोहनराज विष्ट, निराजन बडु, पिप्ले शाखा प्रमुख सन्दिप शर्मालगायतले वित्तीय साक्षरताको महŒवबारे प्रकाश पारेका थिए ।
महिला लघुवित्त वित्तीय संस्थाका नेपालका ३८ जिल्लामा ७७ शाखा सञ्चालनमा रहेको केन्द्रीय कार्यालयकी सामान्य सेवा विभागकी प्रमुख ममिला पौडेलले जानकारी दिनुभयो ।
सोही अवसरमा संस्थाका तर्फबाट गण्डकी प्रदेश प्रमुख रमेशचन्द्र पौडेलले विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावीलाई खेलकुद तथा स्टेसनरी सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला