पोखरा नर्सिङ क्याम्पसमा नेविसंघबाट रचनाको नेतृत्वमा उम्मेदवारी

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको लागि पोखरा स्थित चिकित्सा शास्त्र अध्ययन संस्थान, नर्सिङ क्याम्पस पोखरामा अन्य बिद्यार्थी संगठनहरु संगै नेपाल बिद्यार्थी संघका तर्फबाट पनि उम्मेदवारी दर्ता भएको छ ।

नेबिसंघबाट नर्सिङ क्याम्पस पोखराको स्ववियु सभापतिमा रचना पौडेलको उम्मेदवारी परेको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर – ४, सल्यानमा जन्मिएर पोखराको कुम्दिनी होम्स स्कुलबाट एसएलसी उत्तीर्ण पौडेलले पिसिएल नर्सिङ, बिएन सोहि क्रयाम्पसबाट अध्ययन पुरा गरेको र हाल एमएनको अध्ययन पनि सोहि क्याम्पसमा गरिरहेकोले त्यहाँका बिद्यार्थीहरुबीच राम्रो सम्बन्ध रहेको नेविसंघले जनाएको छ ।

नेविसंघबाट प्रत्यक्ष निर्बाचन तर्फ सचिबमा स्वेता कोइराला, कोषाध्यक्षमा सुष्मा बरालले उमेद्वारी दर्ता गराएका छन ।

यसैगरि स्ववियु सदस्यहरुमा माटिना थापा मगर, किरण सेन, किर्ति सिग्देल, सरस्वती खनाल र स्मीता गौतमको उमेद्वारी परेको छ भने समानुपातिक तर्फ नम्रता चापागाई, ममता शर्मा, सञ्चिता दाहाल,अन्जु गौतम र गीता घलेको उमेद्वारी परेको छ ।
समानुपातिक तर्फबाट सदस्यमा उमेद्वारी दिने नम्रता चापागाई नेपाल बिद्यार्थी संघ नर्सिङ क्याम्पस पोखरा इकाईको सभापति समेत हुनुहुन्छ ।

उक्त क्याम्पसमा प्रत्यक्ष तर्फ अनेरास्ववियु र नेविसंघको तर्फबाट १६ जनाको र समानुपातिक तर्फ पनि दुवै संगठनका १५ जनाको उमेद्वारी परेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला