पोखराको लेकसिटी कलेजमा स्पोर्टस् मिट

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । लेकसिटी कलेज एण्ड रिसर्च सेन्टर गैहपाटनमा सोमबारदेखि खेदकूद प्रतियोगिता शुरु भएको छ । तीनदिनसम्म आयोजना हुने प्रतियोगितामा लेकसिटीमा अध्ययनरत विधार्थीहरुवीच विभिन्न खेलमा प्रतिष्पर्धा हुनेछ ।
प्रतियोगितामा टेवल टेनिस, बास्केटबल र फुटसल खेल समावेश गरिएको कलेजले जानकारी दिएको छ ।
जसअन्तर्गत छात्र र छात्राहरुको भिन्दा भिन्दै खेलहरु हुनेछ । उनीहरुले प्रतियोगितामा एकल, जोडी र समूहमा प्रतिष्पर्धा गर्नेछन् ।
सोमबार कलेज परिसरमा बास्केटबल र टेवलटेनिस प्रतियोगिताका प्रारम्भिक चरणका खेलहरु आयोजना गरिएको छ ।
छात्र तथा छात्रा बास्केटबल र टेवलटेनिस प्रतियोगितामा विधार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

मंगलबार फुटसल खेल आयोजना हुनेछ । बास्केटबल र टेवलटेनिसका सेमिफाइन र फाइन खेल पनि दोस्रो दिन आयोजना गरिने बताइएको छ ।
सो अवसरमा क्याम्पस प्रमूख नारायण श्रेष्ठ, सहायक क्याम्पस प्रमूख शोभाकान्त सिग्देल, शिक्षकहरु र विधार्थीहरुले सहभागी खेलाडीलाई हौसला प्रदान गरेका थिए ।
कलेजका शिक्षक तथा प्रतियोगिता संयोजक सुशन थापाले खेलहरु संचालन गर्नुभएको हो ।

वार्षिक कार्यक्रम अन्तर्गत खेलकूद प्रतियोगिता आयोजना गरिएको क्याम्पस प्रमूख श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा विधार्थीको सहभागिता उत्साहजनक रहेकोले आगामी वर्ष पनि यस्ता कार्यक्रमलाई कलेजले निरन्तरता दिने उहाँको भनाइ छ ।
प्रतियोगितामा विजयी विधार्थीहरुलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिन्छ ।
खेलकूदको माध्यमबाट विधार्थीहरुवीच आपसी मित्रता अभिवृद्धि गराउने उद्देश्य प्रतियोगिता आयोजना गरिएको संयोजक थापाले बताउनुभयो ।
कलेजले शैक्षिक गतिविधिका अलावा अध्ययनरत विधार्थीहरुलाई सहभागी गराएर विभिन्न कार्यक्रमहरु वार्षिक रुपमा गर्दै आइरहेको जनाएको छ । रक्तदान, वृक्षरोपण, शैक्षिक भ्रमण तथा अवलोकन जस्ता कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
लेकसिटीमा रहेको सामाजिक विज्ञान केन्द्रले मौलिक प्रस्तुतिका रुपमा हरेक महिना कचहरी कार्यक्रम गर्दै आएको छ ।
त्रिविबाट सम्बन्धन प्राप्त यो कलेज २०६४ मा स्थापना गरिएको हो । कलेजमा स्नातक तहअन्तर्गत बिबिएस, बिएएसडब्लु ९समाजसेवा० र बिएमा समाजशास्त्र, पत्रकारिता तथा आमसञ्चार र अंग्रेजी साहित्य पठनपाठन हुन्छ । हाल कलेजमा ३ सय ५० विद्यार्थी छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला