चलचित्र विकास बोर्डद्धारा महिला फिल्मकर्मीलाई सम्मान

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । चलचित्र विकास बोर्डमा आयोजित ३ दिने महिला चलचित्र महोत्सव सम्पन्न भएको छ । बोर्ड अन्तर्गतको महिला चलचित्रकर्मी सशक्तीकरण समितिले फेस्टिभल आयोजना गरेको थियो ।

तेस्रो तथा अन्तिम दिन विहिबार सामाजिक संस्था माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला प्रमुख अतिथि रहनुभएको महोत्सवको उद्घाटन काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलले गर्नुभएको थियो ।
घरेलु फिल्मको विकासमा योगदान र्पुयाएबापत ७ जना महिला स्रष्टालाई सम्मान प्रदान गरियो । अभिनेत्रीहरू करिश्मा मानन्धर, रश्मी भट्ट, सरिता साह, पशुपति राई, थिन्ले ल्हामो, पत्रकार गीता अधिकारी र मेकअप कलाकार शोभा श्रेष्ठलाई सम्मान गरियो ।
महोत्सवमा ऐतिहासिक नेपाली फिल्म ‘सिन्दूर’ प्रदर्शन गरिएको थियो । यो फिल्मका कलाकारको मुहारचित्र ललितकलाका विद्यार्थीले तयार पारेका थिए । महोत्सवको दोस्रो दिन पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा प्रमुख अतिथि हुनुहुन्थ्यो ।

सो दिनमा महिलाले महिलाको विषयमा निर्माण गरेका लघु फिल्म देखाइयो । सो अवसरमा निर्देशक र कलाकार रेखा थापा, स्वस्तिमा खड्कासँग छलफल गरिएको थियो ।
विहिबार महिलाप्रधान नाटक ‘दृश्य परिदृश्य’ मंचन गरियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला