बेगनास कपमा क्वार्टरफाईनलका खेलहरु सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

लेखनाथ, २० फागुन । बेगनास युवा क्लवको आयोजनामा शुक्रबारदेखी शुरु भएको तेश्रो बेगनास कप सेभेन ए साईड फुटवल प्रतियोगितामा क्वार्टरफाईनल चरणका खेलहरु सम्पन्न भएका छन ।
मंगलबार सम्पन्न ४ खेलबाट जित हासिल गर्दै मिक्की एफ सी, एन के क्लव, मत्स्य व्यवसायी समिति र विनोद मेमोरियलले सेमिफाईनलको यात्रा तय गरेका हुन ।

मिक्की एफ सी र आयोजक बेगनास युवा क्लव ‘पँहेलो’ विच भएको पहिलो खेलमा मिक्की एफ सी ले बेगनास युवा क्लव ‘पँहेलो’लाई ४–० गोलको फराकिलो अन्तरले पराजीत गरेको छ ।
यस्तै मंगलबार भएको दोश्रो खेलमा एन के क्लवले हिमाल एण्ड रक्षा मेमोरियल एशोसिएसनलाई १–० ले हरायो भने मत्स्य व्यवसायी समितिले एन डि कसमस जापानलाई ३–२ को अन्तरले पराजित गरेको छ । निर्धारित समयमा कुनै पनि टिमले गोल गर्न नसकेपछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो ।

मंगलबार सम्पन्न क्वार्टरफाईनल चरणको अन्तिम खेलमा विनोद मेमोरियलले आयोजक बेगनास क्लव निलो लाई ३–१ ले पराजित गर्दै सेमिफाईनलका लागी स्थान पक्का गरेको हो ।
खेलको निर्धारित समयमा १–१ को बराबरी पछि ट्राईब्रेकरको आधारमा नतिजा निकालिएको हो । निकै तनावपुर्ण रुपमा सम्पन्न प्रतिष्पर्धामा विनोद मेमोरियलका राहुल गुरुङ र अमृत कुँवर र बेगनास निलोका अजय पाठक रेड कार्ड खाँदै मैदान बाहिरिएका थिए ।

बुधबार हुने सेमिफाईनल अन्र्तगत पहिलो खेलमा विनोद मेमोरियल र मत्स्य व्यवसायी एवं दोश्रो खेलमा एन के क्लव र  मिक्कि एफ सी विच प्रतिस्पर्धा हुनेछ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला