हिमालय एअरलाइन्सले पोखरा देखि ल्हासा सिधा हवाई उडान गर्ने

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । नेपाल–चीन बीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित अन्तर्राष्ट्रिय विमान कम्पनी हिमालय एअरलाइन्सले पोखरा देखि ल्हासा सिधा हवाई उडान गर्ने भएको छ । नेपालमा १० लाख चिनिया पर्यटक भित्राउने लक्ष्य सहित सो उडान हुने भएको हो ।

पर्यटनको राजधानी पोखरा र काठमाण्डौंबाट विश्वप्रसिद्ध ‘रुफ अफ द वल्र्ड’ ल्हासा बीच मार्च ३१ तारिख देखि हवाई उडान सुरु गर्ने भएको हो ।

उक्त उडान मार्च ३१ तरिख देखि हप्ताको एक दिन सो रुटमा हवाई उडान गर्ने तयारी गरेको हिमालय एअरलाइन्सका उपाध्यक्ष एवम् प्रवक्ता विजय श्रेष्ठले जानकारी दिनुभयो ।

नयाँ रुटको परिचयसँगै हिमालयले उच्च सुरक्षा मापदण्ड कायम गर्दै यात्रुहरूका लागि अविस्मरणीय यात्रा अनुभव सिर्जना गर्ने लक्ष्य राखेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार विशेषगरी हिमालयको मुख्य उद्देश्य चीनका विभिन्न १० पर्यटकीय क्षेत्रमा उडान सञ्चालन गर्ने र १० लाख चिनियाँ पर्यटकलाई नेपाल भित्राउने छ ।

काठमाडौँ–ल्हासा–पोखरा–ल्हासा–काठमाडौँ सेक्टर जोड्न तथा मागको आधारमा आगामी दिनमा उडानहरू थप्ने योजना सहित हाल हप्तामा एउटा उडान सञ्चालन गर्ने भएको प्रवक्ता श्रेष्ठले स्पष्ट पार्नुभयो ।

प्रारम्भिक योजना अनुसार काठमाडौँ–ल्हासा उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार मार्च ३१ मा बिहान ८ः३० बजे उडान भर्ने र सोही दिन चीनको स्थानीय समय अनुसार १२ः०५ बजे ल्हासा गोङ्गर विमानस्थलमा पुग्ने भएको छ ।

यसैगरी, ऐतिहासिक पोखरा–ल्हासा उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अप्रिल ०१ मा स्थानीय समय अनुसार बिहान ८ः२० मा प्रस्थान गरी सोही दिन चीनको स्थानीय समय अनुसार १२ः०५ बजे ल्हासा गोङ्गर विमानस्थलमा पुग्ने कम्पनीले जनाएको छ ।

यस्तै ल्हासा–काठमाडौँ उडानले ल्हासा गोङ्गर विमानस्थलबाट अप्रिल ०१ मा स्थानीय समय अनुसार १२ः३० मा प्रस्थान गरी सोही दिन नेपाली स्थानीय समय अनुसार १२ः०५ मा काठमाडौँ अवतरण गर्नेछ ।

उहाँका अनुसार यस उडान एअरलाइरन्सका लागि एउटा महत्वपूर्ण कोसेढुङ्गा सावित हुने कम्पनीले विश्वास लिएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला