बेगनास कपमा उत्कृष्ट १६ का लागी प्रतिस्पर्धा शुरु

नगेन न्यूज
  • ख-
  • ख+

लेखनाथ, १९ फागुन । बेगनास युवा क्लवको आयोजनामा शुक्रबारदेखी जारी तेश्रो बेगनास कपमा सोमबारबाट उत्कृष्ट १६ का लागी प्रतिस्पर्धा शुरु भएको छ ।
सोमबार सम्पन्न पहिलो खेलमा बेगनासताल मत्स्य व्यवसायी र ब्ल्याक डायमण्ड विच निर्धारित समयमा १/१ को बराबरी पछि भएको पेनाल्टी सुटआउटमा ब्ल्याक डायमण्ड लाई ३–२ को गोल अन्तरले पराजित गर्दै अगाडिको यात्रा तय गरेको हो ।

यस्तै दोश्रो खेलमा एन के क्लवले राईजिङ स्टार युवा कलवलाई २–० को गोल अन्तरले पराजित गरेको छ भने मिक्की एफ सि ले न्यू स्टार एफ सिलाई ३–२ ले पराजित गरेको छ ।
निर्धारित समयमा कुनै पनि टिमले गोल गर्न नसकेपछि ट्राईब्रेकरमा मिक्कि एफ सि ले न्यू स्टार लाई ३–२ ले पराजित गरेको हो ।

एन डि कसमस जापानले ईन्द्रेणी युथ क्लवलाई १–० ले पराजित गरेको छ भने बिनोद मेमोरियलले बिग सिटि क्याफेलाई ५–४ले पराजित गरेको छ । निर्धारित समयमा कुनै पनि पक्षबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो ।
सोमबारको अन्तिम खेलमा हिमाल एण्ड रक्षा मेमोरियलले ले ए स्टार क्याफेलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेको छ ।
फागुन २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल २८ टिमको सहभागिता रहेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला