कास्कीको मादी गाउँपालिकाको स्थापना दिवसको अवसरमा भलिबल प्रतियोगिता

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । कास्कीको मादी गाउँपालिकाले स्थापना दिवसको अवसरमा पुरुष भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।
पालिकाले “खेल अभियान , पर्यटन र सस्कृंतिको पहिचान” नाराका साथ आगामी फागुन २७ गतेदेखि दोस्रो अध्यक्ष कप खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएको हो ।

मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले आइतबार पोखरामा पत्रकार सम्मेलन गरि स्थापना दिवसमा विविध कार्यक्रम गरेर मनाउन लागिएको जानकारी दिनुभयो ।
जस अन्तरर्गत भलिबल र शिक्षकबीच हाजिरी जवाफ प्रतियोगिता मुख्य कार्यक्रम रहेको छ ।

प्रतियोगिता गाउँपालिकाको वडानम्बर ६ याङ्जाकोटमा २९ गतेसम्म सञ्चालन हुनेछ । पहिलो अध्यक्ष कप पालिका स्तरीय भएपनि अहिले खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको वडाध्यक्ष गुरुङले बताउनुभयो ।

प्रतियोगिताको उपाधि विजेताले २ लाख, उपविजेताले १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विधागतर्फ तर्फ उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने पालिकाले जनाएको छ । भलिबल प्रतियोगितामा सहभागिताका लागि एक टिमलाई ३ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

पालिका स्थापना दिवसको अवसरमा पालिकाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकबीच हाजिरी जवाफ प्रतियोगिता समेत आयोजना गरिएको छ ।
प्रतियोगितामा प्रथम हुनेले २० हजार, द्धितीय हुनेले १५ हजार र तृतीय हुनेले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
उक्त अवसरमा मादी गाउँपालिकाका प्रत्येक वडाबाट स्थानियस्तरमा प्रचलित सास्ंकृतिक झाकी, जनप्रतिनिधिको तर्फबाट स्वागत नृत्य, स्थानिय कलाकारहरुको गित तथा नृत्य रहेको पालिकाले जनाएको छ ।
स्थापना दिवसको अवसरमा गाउँपालिकाले उत्कृष्ट विद्यालय, उत्कृष्ट शिक्षक, उत्कृष्ट कर्मचारी, उत्कृष्ट स्वयम्सेविका, उत्कृष्ट कृषक, उत्कृष्ट उपभोक्ता समिति, उत्कृष्ट टोल सुधार समिति, उत्कृष्ट सहकारी लगायत घोषणा गरी पुरस्कृत गर्ने गाउँपालिकाले बताएको छ ।

मादी गाउँपालिकाले स्थापना दिवसको अवसरमा आयोजना गरेको प्रतियोगिता अवधिभर होमस्टेमा १ हजार रुपैयाँको प्याकेज रहेको पालिकाले जनाएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला