नेपाल इन्जिनियर्स एशोसिएसन गण्डकी प्रदेशको दुई दिने कार्यशाला सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । नेपाल इन्जिनियर्स एशोसिएसन गण्डकी प्रदेश र बर्जर्स पेन्ट्सको साझेदारीमा इन्जिनियरहरूलाई लक्षित गरी दुई दिने व्यवसायिक कार्यशाला सम्पन्न भएको छ ।
फागुन ९ र १० गते युएभी (UAV) फोटो मापन विधि तथा जीएनएसएस (GNSS) प्रयोग गरी भूमि सर्वेक्षणका लागि व्यवसायिक प्रशिक्षण सञ्चालन गरिएको थियो भने फागुन ११ र १२ गते सिभिल इन्जिनियर तथा आर्किटेक्चर अन्तिम वर्षका विद्यार्थीहरूका लागि कार्यशाला पोखरा इन्जिनियरिङ्ग कलेजमा सम्पन्न भएको थियो ।

कार्यक्रम सोसाइटी अफ इन्जिनियरिङ्ग कन्सल्टेन्सीज् पोखरा (सेकोन), नेपाल भ्यालुयर्स एसोसिएसन गण्डकी प्रदेश, सोसाइटी अफ नेपाली आर्किटेक्टस् (सोना), संघीय आयोजना कार्यान्वयन इकाई कास्की, नेपाल विद्युत् प्राधिकरण कास्की, र नापी कार्यालय कास्कीको प्राविधिक सहयोग तथा गण्डकी जीआई वारको आर्थिक सहयोगमा आयोजना गरिएको थियो ।
कार्यक्रममा पोखरा इन्जिनियरिङ्ग कलेज, पश्चिमाञ्चल क्याम्पस, र स्कूल अफ इन्जिनियरिङ्ग पोखरा विश्वविद्यालयका ६० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो । कार्यशालाको समापन गर्दै एशोसिएसनका अध्यक्ष ई. सन्तोष जिसीले विद्यार्थीहरूलाई नगरपालिका नियमावली, घरायसी विद्युत् सुरक्षा, सम्पत्ति मूल्याङ्कन, सरकारी रङ कोड, तथा भूमि सर्वेक्षण सम्बन्धी कार्यशालाले उहाँहरूको सीप अभिवृद्धि गर्न मद्दत गर्ने बताउनुभयो ।

कार्यक्रममा बर्जर्स पेन्ट्सका प्रतिनिधि बिजय सुवेदीले पेन्ट्स तथा सरकारी रङ कोडबारे जानकारी गराएका थिए ।
त्यस्तै, नगरपालिका नियमावली सम्बन्धिमा ई. किसान सिंह गुरुङ, सम्पत्ति मूल्याङ्कन सम्बन्धिमा ई. राजेश भट्टराई, घरायसी विद्युत् सुरक्षा सम्बन्धिमा ई. अजेश अखेली, तथा नेपालमा वास्तुकलाको महत्त्वबारे आर्किटेक्ट लुना थापाले प्रशिक्षण प्रदान गरेका थिए ।
साथै, युएभी (UAV) फोटो मापन विधि तथा जीएनएसएस (GNSS) प्रयोग गरी भूमि सर्वेक्षण सम्बन्धमा ई. सुर्य अधिकारीले प्रशिक्षण दिनुभएको थियो ।

अध्यक्ष ई। सन्तोष जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष ई. विशाल थापा, सदस्यहरू ई. महेन्द्र पौडेल, ई. संजय राज तिमिल्सिना, ई. मनोज गिरी, ई. निरोज घिमिरे, ई. रोचक क्षेत्री लगायतले आ/आफ्नो धारणा राखेका थिए ।

कार्यक्रमको सञ्चालन एशोसिएसनका सचिव ई. निरोज लामिछानेले गर्नुभएको थियो र जानकारी सदस्य ई. महेन्द्र पौडेलले दिनुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला