पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बीउ बितरण

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, १२ फागुन । पोखरा महानगरपालिका वडा नम्बर ३१ को कार्यलयले कृषकहरुलाई लहरे बालीको बीउ बितरण गरेको छ ।
कार्यालयले सोमबार एक कार्यक्रमको आयोजना गरि पोखरा महानगरपालिका वडा नम्बर ३१ को कृषि संजाल मार्फत वडा भित्र रहेका किसानहरुलाई लहरे तरकारी बालीको बिउ हस्तान्तरण हो ।

कार्यक्रममा वडा नम्बर ३१ मा रहेका ४८ वटा आमा समुह, टोल बिकास संस्था र कृषि समुहलाई लहरे तरकारी बालीको बीउ हस्तान्तरण गरिएको कृषि संजाल पोखरा– ३१ का अध्यक्ष केशबराज तिवारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार न्यु नारायणी जातको घिरौला, भक्तपुरे लोकल कॉक्रो, पाली जातको करेला, डबल हार्भेष्टको तुने बोडी, प्रकासे बोडी, घ्यु सीमी, लौका, र चिफ्ले भिन्डी गरि १ लाख ५० हजार बराबरको बिउ बितरण गरिएको छ । ४८ वटा समुहलाई हस्तान्तरण गरिएको बिउ त्यि समुह मार्फत हरेक कृषकको घर–घरमा पुर्याईएको उहाँको भनाई थियो ।

बिउ हस्तान्तरण कार्यक्रमको शुभारम्भ गर्दै पोखरा महानगरपालिका वडा नम्बर ३१ का वडा अध्यक्ष ढकनाथ कडेलले किसानको जीवन स्तर उकास्नको लागि र जिबिको पार्जनमा सहयोग पुर्याउने उदेश्यको साथ बीउ बितरण गरिएको बताउनु भयो । उहाँले यो बिउलाई सहि सदुपयोग गरेर आफूलाई खाने तरकारी उत्पादन गरि बाँकी भएको तरकारी बिक्री बितरण गरि आय आर्जन गर्न समेत आग्रह गर्नुभयो ।

पोखरा महानगरपालिका ३१ कृषि संजालका अध्यक्ष केशबराज तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन वडा कार्यलयका सुचना अधिकारी माधबराज तिमिल्सिनाले गर्नु भएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला