नीति एकेडेमीमा डिजिटल मार्केटिङ तथा जेनेरेटिभ एआई टुल्ससम्बन्धी तालिम शुभारम्भ

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरा महानगरपालिका वडा नं ९ नयाँबजारस्थित नीति एकेडेमीको आयोजना र पोखरा महानगरपालिका वडा नं ६ को समन्वयमा डिजिटल मार्केटिङ तथा जेनेरेटिभ एआई टुल्ससम्बन्धी तालिम शुभारम्भ भएको छ ।
तालिममा पोखरा–६ का ४० जना विद्यार्थी सहभागी छन् ।
एक महिनासम्म सञ्चालन हुने तालिममा नीति एकेडेमीका डम्मर खडायत प्रमुख प्रशिक्षक र माधव पोखरेल सहायक प्रशिक्षकको रुपमा रहनेछन् ।

एआई टुल्समार्फत कार्यक्रम शुभारम्भ गर्दै पोखरा–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले युवा पुस्ताको आवश्यकता, आर्थिक उन्नति र समृद्धिलाई पनि ध्यानमा राखेर तालिमका लागि नीति एकेडेकीसँग सहकार्य गरिएको बताउनुभयो ।
विद्यार्थीले डिजिटल मार्केटिङ र एआईसम्बन्धी ज्ञान हासिल गर्नुका साथै तालिम पश्चात् आयआर्जनमा जोडिनेसमेत विश्वास व्यक्त गर्नुभयो ।
प्रशिक्षार्थीप्रति लक्षित गदैै वडाध्यक्ष भट्टराईले भन्नुभयो, ‘युवालाई स्वरोजगारयुक्त बनाउन तालिम आयोजना गरिएको हो, सबै दिनको तालिममा सहभागी भएर डिजिटल मार्केटिङ र एआईमा दक्ष बन्नुहोला, भविष्यका दिनमा यो भन्दा पनि बृहत तालिम ल्याउन आवश्यक हुन्छ भने पनि त्यसका लागि तयार छौँ ।’

पोखरा– ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले नीति एकेडेमीले निकै समयसान्दर्भिक तालिम आयोजना गरेको भन्दै आफूले पनि यस विषयमा ध्यान दिने बताउनुभयो ।
वडाध्यक्ष मर्सानीले युवालाई समयसापेक्ष डिजिटल तालिम दिएकामा पोखरा–६ लाई धन्यवाद दिदै धेरै नेताले भाषण होइन राम्रो काम गरेर देखाउनुपर्ने बताउनुभयो ।
नीति एकेडेमीको प्रशंसा गर्दै वडाध्यक्ष मर्सानीले आफूले आफ्नै वडाभित्रको फूल फुल्ने ठाउँ नदेखेको बताउनुभयो ।
अहिलेको जमाना डिजिटल मार्केटको रहेको भन्दै उनले अहिले ६ नम्बर वडाले शुरुआत गरेको भएपछि आगामी दिनमा आफूले पनि ध्यान दिने बताउनुभयो ।
पोखरा–८ का वडाध्यक्ष रुद्रनाथ बरालले युवा लक्षित कार्यक्रमले धेरै नै महत्व राख्ने बताउनुभयो । उहाँले तालिम लिएका विद्यार्थी स्वरोजगार बन्ने दावीसमेत गर्नुभयो ।
पोखरा–६ की वडासदस्य शोभा जलारीले वडालाई प्रविधिसँग जोड्न तालिम आयोजना गरिएको बताउनुभयो । उहाँले विगतमा अन्य किसिमका धेरै तालिम आयोजना गरेको र अहिले प्रविधिसँग सम्बन्धित तालिम आयोजना गर्दैछौँ, भविष्यमा पनि प्रभावकारी र उपलव्धिमूलक कार्यक्रम गर्न तयार रहेको बताउनुभयो ।
एकेडेमीका अध्यक्ष माधव पोखरेलले एआईले फड्को मारिसकेको अवस्थामा यसैसम्बन्धी शिक्षा अपरिहार्य रहेको बताउनुभयो ।
तालिमका लागि तालिम आयोजना नगरिएको भन्दै उहाँले तालिमले विद्यार्थीलाई धेरै कुरा सिकाउने र व्यवसायिकतातर्फ उन्मुख गराउने विश्वास व्यक्त गर्नुभयो ।
एकेडेमीका अध्यक्ष पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदीप पराजुलीले स्वागत र हरि पन्तले सञ्चालन गर्नुभएको थियो ।
नीति एकेडेमीले ग्राफिक डिजाइन, वेव डिजाइनिङ, डिजिटल मार्केटिङ, वेसिक तथा डिप्लोमा कम्प्युटर ट्रेनिङ, सफ्टवेयर डेभलपमेन्ट र आरजे एवं भीजे ट्रेनिङ गर्दै आएको छ ।
हालसम्म नीति एकेडेमीले करिब पाँच सय विद्यार्थीलाई शिक्षा प्रदान गरी रोजगार दिन सफल भएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला