लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । महाशिवरात्री पर्व नजिकिदै आउँदा देशभरका शिव मन्दिरमा शिवरात्री पर्व मनाउँन तयारी शुरु भएको छ ।

हिन्दु धर्मालम्वीका आराध्यदेव भगवान शिवको पुजा अर्चना गरी शिवरात्री पर्व मनाउँने परम्परा छ । यही फागुन १४ गते परेको महाशिवरात्रीका लागि देशभरका शिव मन्दिरमा सजिसजावट गरी तयारी तिब्र पारिएको बताईएको छ ।
शिवरात्री पर्वकै अवसरमा पोखरामा रहेका विभिन्न शिव मन्दिरमा पनि भगवान शिवको महिमा र पर्व मनाउँन तयारी शुरु भएका छन् ।पर्वकै अवसरमा लामाचौरस्थित नव आदर्श सामुदायिक विकास समाजले छैटौं संस्करणको शिव दर्शन यात्राको तयारी गरेको छ ।
यस क्षेत्रलाई धार्मिक क्षेत्रको रुपमा विकास गर्ने उद्घेश्यले विगत ६ वर्षदेखि समाजले यात्रा थालनी गरेको हो ।

विभिन्न झाँकी, बाजागाजा र भजन किर्तन सहित हुने यात्राको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष ई.दिनेश भण्डारीले जानकारी दिनुभयो ।
स्थानिय कणेश्वर शिवालयवाट शुरु हुने शिव यात्रा, महेन्द्रेश्वर शिवालय, जलेश्वर शिवालय, सुरथेश्वर शिवालय हुँदै सर्वेश्वर शिवालय मन्दिरमा पुगेर समापन हुने अध्यक्ष भण्डारीले बताउनुभयो ।
विहान ७ बजेदेखि नै यात्रा शुरु हुने र कार्यक्रममा त्यस क्षेत्रका धार्मिक संघ संस्था, ओम शान्ती, आमा समुह, युवा क्लव, भजन समुह तथा टोल विकास संस्थाको सहभागिता रहने बताईएको छ । नयाँ पुस्तामा धार्मिक जागरण र चेतना ल्याउन यात्रा महत्वपुर्ण हुने समाजले जनाएको छ ।

यस्तै पोखरा १९ घार्मीमा रहेको ओमकारेश्वर महादेव मन्दिरमा पनि शिवरात्री पर्वको तयारी तिब्र पारिएको छ ।
प्रत्येक वर्ष शिवरात्री पर्वलाई विशेष रुपमा मनाउँदै आएको मन्दिर व्यवस्थापन समितिले बुधवार मन्दिर परिसरमा भजनकिर्तन गरी शिव धुनी जगाएर आराध्यदेव शिवको महिमा प्रस्तुत गरिने समितिका अध्यक्ष ढुण्डिराज पौडेलले जानकारी दिनुभयो ।
विहानै देखि पवित्र जल,दुध चढाउने कार्य शुरु हुने र यो क्रम दिनभर नै जारी रहने तथा साँझ शिव धुनीमा जल चढाए पछि रातभर भजनकिर्तन गरिने तयारी भएको स्थानिय युवा अर्जुन पौडेलले बताउनुभयो ।

पर्वलाई लक्षित गरी मन्दिर परिसरलाई सजिसजाउ गरिएको छ ।धार्मिक पर्यटकीय क्षेत्रको रुपमा रहेको सो स्थलवाट पोखरा सहित माछापुच्छ्रे र अन्नपुर्ण हिमश्रृखंलाको दृश्य अवलोकन गर्न सकिन्छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला