
पोखरा । थ्रि एञ्जल्स मिसन स्कुल र अर्गानिक एडुकेशन नेपालको सहयोगमा सिक्ने र सिकाउने पद्धतिको नयाँ आयामको रुपमा रहेको क्रियाकलापमा आधारित सिकाई मेला सम्पन्न भयो ।
स्कुलका प्रिन्सिपल रमेश पाण्डेले सिक्ने र सिकाउने कलाको नवीनतम प्रयोगको रुपमा रहेको मेलामा विद्यार्थी र अभिभावकको ५६ क्रियाकलाप प्रस्तुत भएको जानकारी दिनुभयो ।
अर्गानिक एडुकेशन नेपालका प्रमुख कार्यकारी अधिकृत अर्जुन भट्टले देश भरीको १२ औं र कास्कीमा पहिलो सिकाई मेला गरेको बताउनुभयो ।
प्रतिनिधि सभाका सदस्य दामोदर बैरागी पौडेलले ढिकी कुटेर, जाँतो पिसेर र मोही पारेर मेला उद्घाटन गर्दै सीपमूलक, प्रविधिमा आधारित व्यवहारिक शिक्षा आजको आवश्यकता रहेको बताउनुभयो । उहाँले विगतमा परम्परागत सीपमा आधारित शिक्षण सिकाईको व्यवस्था भएको उल्लेख गर्दै सैद्धान्तिक पढाइले शैक्षिक बेरोजगार बढाएको बताउनुभयो ।
पौडेलले प्रयोगात्मक, सीपमूलक र व्यवहारिक शिक्षाको प्रवद्र्धनमा क्रियाकलापमा आधारित सिकाई मेलाले प्रयोगात्मक शिक्षामा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयोे ।
स्कुलका प्रिन्सिपल पाण्डेले श्रम र सीपलाई शिक्षासँग जोड्नुपर्ने उल्लेख गर्दै उहाँले क्रियाकलापमा आधारित सिकाईलाई विद्यालय तहबाट सुरुवात गरेको बताउनुभयो ।
उहाँले २१ औं शताब्दीको नवीन सिकाई विधिको रुपमा सिकाई मेला गरेको उल्लेख गर्नुभयो ।