किशोर नेपालद्वारा लिखित पुस्तक ‘नेपालका निधि’ लोकार्पण

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । नेपाल प्रेस युनियन गण्डकी प्रदेशको आयोजनामा वरिष्ठ पत्रकार किशोर नेपालद्वारा लिखित महेन्द्रनारायण निधिको सङ्घर्षमय जीवनीमा आधारित नेपालका निधि’ पुस्तक पोखरामा लोकार्पण गरिएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ‘नेपालका निधि’ पुस्तक लोकार्पण गर्दै निधि नेपालको प्रजातान्त्रिक आन्दोलनका हस्ती मध्येका एक र महेन्द्रनारायण निधिमा बहुआयामिक व्यक्तित्व भएको बताउदै निधि हुँदासम्म मधेशका जनता कांग्रेसको शक्ति भएको सुनाउँदै पुस्तकमा प्रजातान्त्रिक आन्दोलन देखी संघीय गणतन्त्रसम्म ल्याउँदाको इतिहास कोरिएको सुनाउनुभयो ।

उक्त अवसरमा मुख्यमन्त्री पाण्डेले पछिल्लो समय कांग्रेसकै कार्यकर्ताहरु समेत इतिहास भनेर मात्रै काम नहुने भन्दै हिडिरहेको र त्यो गलत रहेको बताउँदै इतिहास बनाउनेले इतिहासलाई मान्नुपर्नेमा जोड दिनुभयो । पाण्डेले इतिहास नै नभएकाहरुको बहकाउमा कांग्रेस पनि लागिपरेको अहिले नेपालमा इतिहास वा देशका लागि योगदान नगरी खाली सामाजिक सञ्जाल फेसबुक, ट्विटरमा भएका फलोअर्सको भरमा नेता बनिरहेका उहाँको भनाइ थियो ।

पुस्तकका लेखक किशोर नेपालले आफुले लोकतन्त्रको पक्षमा लेख्दै आइरहेको र आगामी दिनमा पनि लेखिरहने बताउदै जनतामा भरोसा जगाउनका लागि शासन प्रणाली पारदर्शी जवाफदेही र सुशासन पहिलो सर्त भएको उल्लेख गर्नुभयो । नेपालले इतिहासलाई बिर्सने नभई सँगसँगै लैजानु पर्नेमा जोड दिएका थिए। निधि निष्ठा र इमानको राजनीति गर्ने व्यक्ति भएको बताउँदै उहाँ र उहाँको राजनीतिकलाई नजिकबाट चिनेकाले पुस्तक लेखेको उहाँको भनाइ थियो ।

कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले नेपालको प्रजातन्त्रिक आन्दोलनमा निधिको अतुलनीय योगदान रहेको बताउनुभयो । निधि नेपाली कांग्रेसको सम्पत्ति भएको र यो पुस्तक युवा पुस्तालाई उपयोगी हुने उहाँको भनाइ थियो । निधि जीवित रहँदासम्म मधेश नेपाली कांग्रेसको उर्वर भूमि रहेको उनको दाबी थियो । प्रजातन्त्रमा योगदान गरेकोहरूको बेलाबेलामा चर्चा गरिरहनु पर्ने शर्माको भनाइ थियो ।

नेपाल उधोग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले नेपालमा धेरै निधिहरु रहेको र तिनीहरु कहाँ छन के गर्दै छन भन्ने बारेमा आजका नयाँ पुस्तालाई जानकारी दिन अत्यावश्यक रहेको बताउनुभयो । साहित्यकारले समाज परिवर्तन मात्र नभइ समाज सुधारका लागि समेत आवाज उठाउनु पर्नेमा मुल्मीको जोड थियो ।

नेपाल प्रेस युनियन गण्डकी प्रदेशका अध्यक्ष टंकराज अधिकारीको अध्यक्षतमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र कास्की संयोजक विश्वप्रकाश लामिछाने, रूपान्तरण प्रकाशनका प्रमुख रुचि श्रेष्ठ, प्रेस युनियन गण्डकी उपाध्यक्ष माधवप्रसाद रेग्मी, महासचिव प्रकाश ढकालले पुस्तक र महेन्द्रनारायण निधिको बारेमा चर्चा गरेका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला